Dabali News

Ad

यी हुन् गायीका निक्कीलाई ‘बलात्कार’ को प्रयास गर्ने सुशील, जो कारवाहीमा परे 

९ असोज

काठमाडौं । गायीका निक्की कार्कीलाई यौन दुर्व्यवहार गरेर विवादमा आएका नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका कार्यकारी उपाध्यक्ष सुशील नेपाल कारवाहीमा परेका छन् ।

क्यालिफोर्नियामा बसेको संस्थाको आकस्मिक बैठकले नेपाललाई साधारण सदस्यता नरहेन गरी कारवाही गरेको हो । उपाध्यक्ष नेपालले नासाको विधान विपरित कार्य गरेको भन्दै साधारण सदस्यबाटै निष्काशित भएका हुन् ।

विधानको धारा ५, परिच्छेद १ को उपधारा १ अनुसार संस्थाबाट निस्काशित गरेको नासाका अध्यक्ष माधव ढकाल र महासचिव कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नासा–अन्माले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी हुने हुने क्रममा नेपालले २० वर्षीय गायीका निक्की कार्कीलाई यौन दुव्र्यवहार गरेका थिए । आयोजक संस्थाले कारवाही गर्ने वचन दिएको तर नगरेको भन्दै निक्कीले सामाजिकमार्फत कारवाहीको माग गर्दै उक्त घटना सार्वजनिक गरेकी थिइन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]