Dabali News

Ad

गणतन्त्रको धज्जीः राष्ट्रपति र उपराष्ट्रपति संविधानभन्दा माथि, अाजीवन मुद्दा चलाउन नमिल्‍ने

८ असोज

काठमाडौं । गणतन्त्र नेपालमा राजतन्त्रको झल्को आउने गरी राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानभन्दा माथि राखिएको छ ।

संविधानमा सबै नागरिक बराबर भएको भनिएपनि संसदले हालै पारित गरेको विधेयकमा वर्तमान र पूर्व राष्ट्रिपति र उपराष्ट्रपतिलाई अदालतमा कुनै मुद्धा चलाउन नपाउने व्यवस्था गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमि तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १६ मा रहको मुद्धा नचलाईने शिर्षकमा ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीका विषयमा निज पदामा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्धा चर्लाइने छैन’ उल्लेख गरिएको छ ।

संसद्को सुशासन तथा अनुगमन समितिमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमा छलफल भएको थियो ।

गणतन्त्र अाउन भन्दा पहिलोको राजालाई जसरी संविधानभन्दा माथि राखिएको थियो त्यसैगरी अहिले राष्ट्रपति र उपराष्ट्रपतिलाई राख्ने काम भएको छ । यसले गणतन्त्रको धज्जी उडाएको छ ।

राष्ट्रपतिको अतिथि सत्कार खर्च मासिन डेढ लाख, विदेश भ्रमण भत्ता दैनिक २ सय ५० डलरको व्यस्था समेत गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]