Dabali News

Ad

भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने

५ असोज

काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.लि.ले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने भएको हो ।

आगामी पौस २१ गतेदेखि २३ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा चल्ने एक्स्पो चल्नेछ ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोगले हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गरेको छ भने नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले सहयोग गर्ने भएका छन् ।

त्यस्तै नेपाल टनेलिङ एशोसिएशन, नेपाल जर्मन चेम्बर अफकमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघले एक्स्पोलाई सहयोग गर्ने बताएको आयोजक संस्थले जनाएको छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो ।

एक्स्पोबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्सपोमा टनेल खन्ने उपकरणसहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए । एक्स्पोमा बिदेशी स्टलका लागि पत्राचार भइरहेको र धेरै भन्दा धेरै बिदेशीहरु सहभागी हुने विश्वास गुरागाइले लिए ।

एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले चीनभन्दा १ बर्ष पहिला हाइड्रो पावर सुरु गरेको नेपालले सय बर्षमा १ हजार मेगावाट बिद्युत उत्पादन गर्न नसकेको तर चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको प्रसंग उल्लेख गर्दै नेपालले पनि आधुनि प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्नु आवश्यकता रहेको गुरागाईले बताए ।

संघका उपाध्यक्ष कुमार पाण्डेले बिदेशमा प्रयोगमा आइसकेको नयाँ प्रविधिबाट विद्युत उत्पादन गरेमात्र सस्तो हुने बताए ।

पत्रकार सम्मेलनमा हाइड्रो पावर डेभलपर्स, उत्पादक, हाइड्रपावरका एक्सपर्ट र एक्सपो आयोजकको उपस्थिति रहेको थियो ।
जल विद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जल विद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १ सय ५० भन्दा बढी विदेशी स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

एक्स्पोमा इन्जिनियरिङ वेस भएका विद्यार्थीको बीचमा विभिन्न प्रतिस्पर्धा पनि गराइनुको साथै हाइड्रोपावरका विषयमा विभिन्न जानकारी दिने स्टल पनि राखिने आयोजक संस्थाले जानकारी दिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]