Dabali News

Ad

आजदेखि टेलिकमको ‘दशैं योजना’, बोनस र भारी छुट

५ असोज

काठमाडौं । नेपाल टेलिकमले दशैंको अवसर रिचार्ज बोनसदेखि डाटा छुटको योजना ल्याएको छ ।

आजदेखि लागु हुने योजनाअनुसार टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल प्रयोगकर्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गतेदेखि १० गतेसम्म पचास, सय, दुइसय, पाँचयस र हजार रुपैयाँको रिचार्ज गर्दा दश प्रतिशत बोनस उपलब्ध हुनेछ ।

त्यसैगरी युट्युब डाटा प्याकेज अन्तर्गत भने एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युमको व्यवस्था छ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ। त्यस्तै ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिन सम्म प्रयोग गर्न मिल्ने छ। यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ।

जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने लयाएतका धेरै सुबिधाहरु रहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]