Dabali News

Ad

जनता के चाहन्छन् ?

अहिले जे जस्तो परिवेश तथा परिस्थिति निर्माण भएको छ, त्यसको जिम्मेवार राजनीतिज्ञहरु हुन् र उनीहरुकै कारण देश लथालिङ छ भन्ने धारणा सबैसँग रहेको पाइन्छ । यसैले जहाँ जाँदा पनि, जस्तोसुकै स्थानमा पनि राजनीतिक प्रसंग चल्दछ । दलहरु र तिनका नेता कार्यकर्ताहरुलाई अचानोमा राखेर आलोचना हुने गर्दछ । ती आलोचनालाई गम्भीर रुपमा लिने हो भने नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भनेझै आत्महत्या गरुँजस्तो स्थितिमा पुर्‍याएको पाइन्छ । धन्न हाम्रा नेताहरु विना हजमोला हरेक खालका आलोचनाहरु पचाइरहेका छन् । त्यसको मार राजनीतिक आस्थाका आधारमा भूईस्तरका कार्यकर्ताहरुले खेपीरहेका छन् ।

हाम्रा शिर्ष नेताहरु कालो सीसा हालेको पजेरोमा सुरक्षा गार्डसहित हिडडुल गर्नाले त्यस्ता आलुपाँडे गाली सुन्न पाउँदैनन्, तिनका सचिवालयमा कतिपय आलोचना नपुग्ने होइन, तर आफ्नो नेताले आलोचना सुन्‍नुभन्दा प्रशंसा सुन्‍न रुचाउने प्रवृति बढेको अवस्थामा यस्ता खबर सुनाएर फाइदा नहुने देखी सही सुचना सही ठाउँमा पुग्नै पाउँदैन । परिणामस्वरुप एकातिर सही सुचना नेतृत्व तहमा पुग्‍न पाउँदैन, अर्कोतिर बादशाह नाङ्गो देख्ने अबोध वालक मात्र हुने स्थिति आउँछ । सबै विषयमा आफै जान्‍न देखिन पुगेका छन् । उनीहरुलाई विषय विज्ञको खाँचो पर्दैन । यो देशमा यस्तै हुनाले बुद्धत्वभन्दा मुर्खतामा विश्वास गर्ने कार्य हुन थालेको छ । यिनै नेताहरुको कारण देश बिग्रीयो भनेर हरेक जनताले भन्न पुग्दा कोही कसैले पनि सम्माननीय होस् या माननीय, उनीहरुलाई आम रुपमा घृणा पैदा गराउने संस्कृति निर्माण हुँदैछ । यो राम्रो संकेत होइन ।

‘यहाँ यस्तै छ’ भन्ने चलन त्यतिकै बसेको छैन । एकैछिनमा हुने काम हप्तौ र महिनौ दिन लाग्नुको पछाडि यस्तै कारणहरुले सेवाग्राहीलाई दिक्कलाग्दो बनाउने कार्य हुने गर्दछ । कर्मचारी प्रशासन स्थायी सरकार हो भन्ने अवधारणा र एक पटक लोकसेवाको परीक्षामा उतीर्ण भएपछि ढुक्क भएका कर्मचारीले यो बुझेका छन् कि राजनीतिक नेतृत्व आउँछन्, जान्छन् तर प्रशासनिक नेतृत्व सधैं रहन्छ ।

यही प्रकारले हाम्रो देश अगाडि बढ्न नसक्नुमा कर्मचारी प्रशासन हो भनेर मान्छेहरु खनिएको पाइन्छ । बेला–बेलामा निर्णायक तहमा पुगेका राजनीतिज्ञ तथा विशेषज्ञहरुले समेत कर्मचारीतन्त्रको दोहोलो काट्ने गरी आलोचना गरेको सुन्नमा आएकै छन् । यसैकारण राजनीतिक दलहरु सरकारमा पुग्दा आफ्नो खुसामदका आधारमा सेट्रि मिलाउने गर्दछन् । दलगत अवधारणाले प्रेरित भएकाहरुले खासखास खुसखुस गर्ने नै भए, तर राजनीतिक नेतृत्व दुई दिनको पाहुना हो भन्ने ठानी जसरी कर्मचारी प्रशासनले ठिक्क पार्ने काम गर्दछ, त्यसको परिणाम राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनबीच द्धन्द्ध बढ्न पुग्दछ । कर्मचारी प्रशासनको बुझाईमा राजनीतिक नेतृत्वलाई तेस्रो श्रेणीको बुद्धि भएको मान्छेको रुपमा चिन्दछ र त्यही अनुसार भित्री व्यवहार गर्ने गर्दछ । बाहिरी रुपमा सलाम टक्र्याउनु त्यो बाध्यता मात्र हो उसको भन्ने ठान्दछ । मनोवैज्ञानिक रुपमा राजनैतिक नेतृत्वलाई जबरजस्त रुपमा मान्न परेजस्तो अनुभव गर्ने गरिएको छ ।

‘यहाँ यस्तै छ’ भन्ने चलन त्यतिकै बसेको छैन । एकैछिनमा हुने काम हप्तौ र महिनौ दिन लाग्नुको पछाडि यस्तै कारणहरुले सेवाग्राहीलाई दिक्कलाग्दो बनाउने कार्य हुने गर्दछ । कर्मचारी प्रशासन स्थायी सरकार हो भन्ने अवधारणा र एक पटक लोकसेवाको परीक्षामा उतीर्ण भएपछि ढुक्क भएका कर्मचारीले यो बुझेका छन् कि राजनीतिक नेतृत्व आउँछन्, जान्छन् तर प्रशासनिक नेतृत्व सधैं रहन्छ । हामीले सबैखाले राजनीतिक नेतृत्वको प्रशासन चिनेका छौ, नीति बुझेका छौ, उनीहरुमा विज्ञताको अभाव छ । हाम्रो ज्ञान, सीप प्रयोगमा ल्याउने गरी अवसर दिन्नन् भने हामीले किन मिहनेत गरौ ? आफै जान्ने हुनु बेकार छ । यस्ता कार्यले यहाँ सबै कुरामा हलो अड्काउने कार्य कर्मचारी प्रशासनबाट भइरहेको अनुभव राजनीतिक नेतृत्वलाई हुने गर्दछ ।

एवं प्रकारले सुरक्षा र न्याय क्षेत्रले प्रभाव पारिरहेको छ । देश, सरकार र जनताको सुरक्षा र न्याय दिन निर्माण भएका संरचनाहरुबाट निमुखाहरुलाई सुरक्षा र न्याय सुलभ तरिकाले पाउन मुश्किल भएकै देखिन्छ । यसकारण विभिन्न अध्ययनबाट थाहा हुन्छ कि प्रायःले सेना, प्रहरी र न्यायालय पुग्न नपरोस् भन्ने चाहना राखेको देखिन्छ । यो मनोविज्ञान निर्माण हुनुको पछाडि पद, पैसा र वलका आधारमा सुरक्षा पाउने र न्याय सम्पादन हुनु हो । तर पनि यी संस्थाहरु राज्यका आवश्यक तत्व हुन् । यस्तै शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्र ब्यापारको रुपमा बढिरहेको छ । आजकल शहरका हरेक गल्लीमा जसरी बैंकहरु स्थापना हुँदैछन्, त्यसैगरी बोडिङहरु र अस्पतालहरु स्थापना भइरहेका छन् । यी जम्मै नाफा कमाउने हिसाबले निर्माण भएका छन् । निजी क्षेत्रले नाफाको लागि काम गर्ने त हो, तर उसको मनपरी बढिरहेको छ । नियमन गर्ने सरकारी निकाय मौन छ । राज्यले जनताको मौलिक अधिकारमा जति विषय थप्दै गएपनि आधारभूत आवश्यकता उपलब्ध गराउन सकिरहेको छैन । बरु राजनीति र प्रशासनको नेतृत्व मिलेर जनताको दोहोलो काट्ने कार्य भईरहेको अनुभव हुने गर्दछ ।

राज्य समग्र भू–राजनैतिक अभिभावक हो । त्यसको मनपरी बढेका कारण राज्यको विकल्प निजी क्षेत्र देखा परेको थियो । तर उसको पनि मनोमानी बढ्दै गएको छ । हुन त यी दुवैको मनोमानी बढेका कारण गैरसरकारी क्षेत्रको विकास नभएको पनि होइन । तर यी सबैका आ–आफ्ना स्वार्थले काम गरिरहेको पाइन्छ । जसरी गैससलाई नागरिक समाजको रुपमा हेरिदैछ, त्यसरी नै हरेक नागरिकका मनमा नयाँ तरंगहरु उत्पन्न भइ विकल्पको खोजी भइरहेको छ । यो समाज विकासको आधार हो ।

हाम्रा शिर्ष नेताहरु कालो सिसा हालेको पजेरोमा सुरक्षा गार्डसहित हिडडुल गर्नाले त्यस्ता आलुपाँडे गाली सुन्न पाउँदैनन्, तिनका सचिवालयमा कतिपय आलोचना नपुग्ने होइन, तर आफ्नो नेताले आलोचना सुन्‍नुभन्दा प्रशंसा सुन्‍न रुचाउने प्रवृति बढेको अवस्थामा यस्ता खबर सुनाएर फाइदा नहुने देखी सही सुचना सही ठाउँमा पुग्नै पाउँदैन ।

विकास किन र कस्का लागि ? राजनीति किन गरिन्छ ? भन्दा देश र जनताको आवश्यकताको व्यवस्थापन गर्न हो । तर के त्यस अनुसार राजनीति अघि बढिरहेको छ त ? अधिकांशले छैन भन्ने गरेको पाइन्छ । अझ भन्ने हो भने राजनीति गर्ने भनेको घृणित काम हो जस्तै गर्ने गरिन्छ । वास्तवमा समाजको विकासका लागि राजनीतिले नेतृत्व नगर्ने हो भने कुनै पनि विकास हुन सम्भव छैन । तर त्यसो हुन सकिरहेको छैन । यसको मुलकारण २०औ शताब्दी राजनीतिक सिद्धान्त निर्माणमा बाँझो शताब्दीका रुपमा रहनु हो । हामीले आठारौ र उन्नाइशौ शताब्दीका पुराना राजनैतिक शिद्धान्तलाई आधार बनाएर अघि बढ्दा यस्तै अलमलमा परेका छौ ।

जनता के चाहन्छन् भनी हेर्न पर्ने हुन्छ । यसैले हामीलाई चाहिएको राजनीतिक कार्यक्रम भनेको वालवालिकालाई लगानी, युवालाई शिक्षा र रोजगारी तथा वृद्धवृद्धालाई सम्मान हो । यही सेरोफेरोमा मान्छेलाई केन्दमा राखेर आफ्नो भू–राजनीतिक महत्व बोध गरी विद्यमान द्धन्द्धको व्यवस्थापन गर्न पर्ने हुन्छ । सुचना तथा सञ्चार तथा यातायातको विकासले विश्व एक गाउँको रुपमा परिणत भइसकेको अवस्थामा भोलिका कर्णधारलाई आमा स्कुलबाट बलियो जग बसाल्न आवश्यक छ । प्राथमिक शिक्षाले समाज चिनाउने हो । राज्य स्कूलले देशको जनशक्ति पहिचान गर्ने हो । र, विश्वविद्यालयको शिक्षाले आणविक शक्तिका कारण विश्व शक्ति राष्ट्र देखा परेको समकालीन विश्वमा शिक्षाका माध्यमबाट नेपाललाई शक्ति सम्पन्न राष्ट्र बनाउन नेपालको शैक्षिक जनशक्ति विश्व जनशक्तिको रुपमा फैलाउन सक्नु पर्दछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]