Dabali News

Ad

टुँडिखेलमा संविधान दिवस, धनगढीमा कालो दिन (भिडियोसहित)

४ असोज

काठमाडौँ । एकै देशका नागरिक । विषय पनि एउटै । तर, कसैलाई खुशीयाली र कसैलाई पीडा । प्रसंग हो । संविधान दिवसको । २०७२ असोज २ गते संविधान जारी भएको दिनलाई दुई तरिकाबाट सम्झना गरियो । सरकारले सार्वजनिक विदा नै दिएर असोज २ गते अर्थात हिजो ‘संविधान दिवस’ मनायो ।

राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्रीले देशबासीको नाममा शुभकामना सन्देश समेत दिए । तर, उक्त शुभकामनालाई ‘अशुभ’ भएको भन्दै असन्तुष्ट समुदायले कोलो दिनको रुपमा मनाए ।

निकै तामझामका साथै सरकारले काठमाडौँको सैनिक मञ्चमा संविधान जारी भएको सम्झनामा खुशीयाली मनाइरहँदा कैलालीको धनगढीमा थारु र अन्य जनजाति समुदायले कालो दिनको रुपमा मनाए । उनीहरुले ‘अखण्ड सुदूरपश्चिम मान्दैनौं र थारुहट छोड्दैनौ, टिकापुरका राजबन्दीलाई रिहाई गर’ नारासहित जुलुस निकालेका थिए ।

संविधानले आफ्नो अधिकार झन् खोसेको भन्दै असन्तुष्ट पक्षले देशका अन्य ठाउँहरुमा पनि विभिन्न कार्यक्रम गरी कालो दिनको रुपमा मनाएका छन् । यो दृश्यले संविधानले सबै वर्ग र समुदायलाई सम्बोधन गर्न नसकेको प्रष्टै देखिएको छ ।

भिडियो 

टुँडिखेलमा संविधान दिवस मनाइरहँदा धनगढीमा 'कालोदिन'

टुँडिखेलमा संविधान दिवस मनाइरहँदा धनगढीमा 'कालोदिन'

Posted by Online Dabali on Tuesday, September 19, 2017

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]