Dabali News

Ad

बाढी पीडितलाई कोरियाली कम्पनीको एक करोड सहयोग

२७ भदौ

काठमाडौँ । दक्षिण कोरियालीको कोरीया साउथ–इष्ट पावर कम्पनीले बाढी पीडितको लागि एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ । उक्त सहयोग रकम
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई हस्तान्त्रण गरेको गरिएको छ ।

उपप्रधानमन्त्री महरालाई बुधबार परारष्ट्रमन्त्रालयमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरेका हुन् । उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकरीलाई चेक हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्त्रण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महराले बाढी पीडितका लागि सहयोग गरेको भन्दै कम्पनीलाई धन्यवाद दिए । साथै महराले कम्पनीले सुरु गरेको माथिललो त्रिसुली–१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिएका थिए ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले २१६ मेगावटको माथिल्लो त्रिसुली–१ भूकम्पका कारण केही समस्या भएपनि द्रुत गतिमा अगाडि बढाएको जानकारी गराए । विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाईदिन च्याङले आग्रह समेत गरे ।

जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने जानकारी गराएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]