Dabali News

Ad

माथिल्लो कर्णाली खारेज गर्न माग

२७ भदौ

काठमाडौँ । माथिल्लो कर्णाली जलविद्युत आयोजना खारेजी गर्न जलाधार क्षेत्रका अगुवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

राष्ट्रिय जानमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा माथिल्लो कर्णाली जलविद्युत परियोजनाको राष्ट्रघाती सम्झौता खारेजीको माग गरिएको छ ।

आयोजन सुरु गर्न सरकारले दिएको समय सीमा आगामी असोज ३ गते हुँदैछ । जिएमआरले वित्तिय व्यवस्थापन गर्न नसकेपछि आयोजना सुरु हुन सकेको छैन । म्याद थपको लागि जिएमआरले लगानी बोर्डमा आवेदन दिएर लविङ गरिरहेको अवस्थामा सम्झौता खारेजका लागि जलधार क्षेत्रका नागरिक जुट्न थालेका छन् ।

ज्ञापनपत्र बुझाउँदै सुवेदीले माथिल्लो कर्णाली ६ नं. प्रदेशका जनतालई समृद्धका लागि महत्वपूर्ण प्राकृतिक स्रोत भएको बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]