Dabali News

Ad

पञ्चेश्वरमा भारतले सबै पानी खोज्यो, डीपीअारमा सहमति जुटेन

२३ भदौ

काठमाडौं । महाकाली पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा नेपाली पक्षले आफ्नो अडान नछाडेपछि भारतले आफ्नो स्वार्थमा बनाउन खोजिएको प्रस्ताव विफल भएको छ । बैठकमा भारतले शारदा ब्यारेजको पानी नेपाललाई दिन नसकिने बताएपछि डीपीआर प्रस्ताव अगाडि बढ्न नसकेको बताइन्छ ।

भारतीय पक्षले राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न दुई देशका सचिवस्तरीय प्राविधिक समितिको बैठकमा नेपालले पानी बाँडफाँट विषयमा भारतीय स्वार्थलाई अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन हुन पुगेको बैठकमा सहभागी अधिकारीले जानकारी दिए ।
भारतीय पक्षले तल्लो शारदा ब्यारेजमा उपलब्ध भइरहेको पानी आवश्यक उपभोगमा तलमाथि हुन नहुने भन्दै अग्राधिकारको विषयलाई अडानको रुपमा प्रस्तुत गर्न नछाडेपछि बहुप्रतिक्षित पञ्चेश्वर जलविद्युत् आयोजनाको डिपिआरमाथि सहमति जुट नसकेको ती अधिकारीले बताए ।

भारतले तल्लो शारदा ब्यारेजबाट लिइरहेको पानीको मात्राबाहेक उपलब्ध हुने पानी मात्र बाँडफाँट गर्नुपर्ने अडान नत्यागेपछि नेपाली पक्षले पनि आफ्नो अडान यथावत राखेको थियो । ‘अग्राधिकार नै दिएर भारतलाई पानी उपयोग गर्न दिने विषयमा नेपालले सहमति जनाउने कुरै आउँदैन’ ति अधिकारीले भने ‘बरु अरु दिनहरुमा बसेर छलफल गर्ने र भारतले लचक हुनुको विकल्प छैन ।’

सचिवस्तरीय बैठक पुनःबस्ने गरी स्थगन भएको बैठकमा सहभागी ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए । नेपालको तर्फबाट जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुसूदन अधिकारी र भारतको तर्फबाट केन्द्रीय जल आयोगका अध्यक्ष नरेन्द्रकुमार थिए । दुवै तर्फबाट टोलीमा दर्जनभन्दा बढी विषयविज्ञहरु सम्मिलित छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]