Dabali News

Ad

मेरो नेतृत्वमा टानको नयाँ कार्यसमिति सर्वसम्मत हुन्छ

नवराज दाहाल

टानको आगामी नेतृत्वको लागि तपाईँको उम्मेदवारी किन ?

मैले टानको नेतृत्व लिने दृढ संकल्प गरेको छु । हाम्रो संगठनले पनि मलाई नै भावी उम्मेदवारको रुपमा प्रस्ताव गरेको छ । राजनीतिक परिस्थिति र व्यवसायीक वरिष्ठताको हिसाबले पनि मैले उम्मेदवारी दिने सोच बनाएको हुँ । मैले टानको महासचिव भएर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको थिए । तसर्थ लामो समयको अन्तरालपछि टानको नेतृत्व लिने सोँचका साथअघि बढेको छु ।

तपाईँले जित्ने आधार के हुन् ?

सर्वप्रथम यो संस्थाको नेतृत्व गर्न सक्षम व्यक्ति हुँ । मलाई सम्पूर्ण व्यवसायीहरुको साथ, सहयोग र सुभेच्छा रहेको छ । मैले टानको महासचिव भएर काम गर्दा धेरैको मन जितेको छु । त्यसैले यो पटक मेरो नेतृत्वमा सर्वसम्मत टिम बन्ने प्रवल सम्भावना छ ।

सबै ठाउँमा दलिय प्रभाव भएको बेला तपाईँ सर्वसम्मत हुन सक्नु होला र ? तपाईँसँग के छन् त्यस्ता आधारहरु ।

म सर्वसम्मत हुने धेरै आधारहरु छन् । पदयात्रा व्यवसाय संकटमा परिरहँको बेला यसको समाधान, व्यवसायीक हित र मजदुरको हितमा काम गर्नलाई लामो व्यवसायीक अनुभव भएको व्यक्तिको खाँचो छ । टानलाई अहिलेको परिबेश र वस्तुगत अवस्था अनुरुप हाक्न सक्ने नेतृत्वको आवश्यकता छ । त्यो क्षमता र दक्षता मैले राख्दछु । यसको पुष्टि मैले विगतमा टानको महासचिवको रुपमा खेलेको भुमिकाले पनि गर्दछ ।

अहिलेको अवस्थालाई दृष्टिगत गर्दा एमाले र माओवादी निकट व्यवसायीहरु बीच त एक खालको अण्डस्ट्याण्डीङ छँदैछ । साथसाथै नेपाली कांगे्रस निकट व्यवसायी संगटन (निट) र पर्यटन क्षेत्रमा अस्तित्वमा रहेका अन्य संगठनहरुसँग पनि एक खालको सहज वातावरण बन्ने अवस्था मैले देखेको छु ।

एमाले निकट व्यवसायी साथिहरुलाई हामीले यसअघि टान, नाट्टा र एनएमएमा नेतृत्वको लागि सहयोग गरेका थियौं । यस पटक उहाँहरुले हाम्रो संगठनको नेतृत्वलाई र त्यसमा पनि विशेषतः मेरो नेतृत्वलाई स्वीकार्नु हुन्छ मलाई विश्वास छ । उहाँहरुबीच पनि यस पटक मेरो नेतृत्वलाई स्वीकार्ने कुरामा करिबकरिब सहमति भइसक्नु भएको छ । तसर्थ नीटका साथिहरुले पनि अहिलेको परिस्थितिमा मेरो नेतृत्वलाई स्विकार गर्नुहुन्छ भन्ने आशा एवं विश्वास मैले लिएको छु ।

कांग्रेस र एमाले निकट व्यवसायी संगठनबाटै उम्मेदवारी घोषणा भइसकेको छ, कसरी यो सम्भव हुन्छ ?

अहिले कुनै पनि संगठनले आधिकारिक रुपमा उम्मेद्वारी घोषणा गरेको छैन । दुवै व्यवसायी संगठन निकट केही साथिहरुले इच्छा जाहेर गर्नुभएको छ । यसलाई स्वभाविक मान्नुपर्छ । तर, व्यवसायीक र सांगठनिक हैसियतका दृष्टिले तथा अनुभवी नेतृत्वका दृष्टिले म भन्दा सिनियर साथीहरु आउने सम्भावना देखिदैन । मैले उहाँहरुसँग संगठनको तहमै त कुरा अघि बढाईसकेको छैन् । तर, व्यक्तिगत र अनौपचारिक रुपमा छलफल भइराखेको छ । मेरो विषयमा सबै साथीहरु सकारात्मक हुनुहुन्छ ।

सर्वसम्मत नेतृत्व भयो भने त्यसभित्र सबै व्यवसायीहरुका आवश्यकताहरु, मागहरु र आवाजहरुलाई मुखरित गर्न सकिन्छ । केन्द्रीकृत गर्न सकिन्छ । सरकारलगायत पर्यटनका सम्बन्धित सबै निकायसँग हाम्रा मागहरु उठान सजिलो हुन्छ ।

राजनीतिक परिस्थिति र व्यवसायीक वरिष्ठताको हिसाबले पनि मैले उम्मेदवारी दिने सोच बनाएको हुँ । मैले टानको महासचिव भएर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको थिए । तसर्थ लामो समयको अन्तरालपछि टानको नेतृत्व लिने सोँचका साथअघि बढेको छु ।

तपाईँले भने जस्तै सर्वसम्मत भएन भने नी ?

पहिलो कुरा त म सर्वसम्मत हुन्छु भन्ने विश्वास छ । यसको लागि वातावरण बन्दै गएको छ । संगठन तहमा पनि छलफल हुन्छ । मलाई स्वीकार गर्न कुनै साथीहरुलाई पनि गारो छैन । त्यसैले पनि सर्वसम्मत हुन्छ भन्ने मलाई विश्वास छ ।

नेपालको पदयात्रा पर्यटनको विकास गर्ने तपाईँसँग एजेण्डा के छन् ?

पदयात्रा व्यवसाय निकै जोखिम र संवेदनशील व्यवसाय हो । नेपालको हकमा यो सबैभन्दा धेरै सम्भावना भएको व्यवसाय पनि हो । यसले पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको छ । तथापी पर्यटकको आगमनमा भने सन्तोसजनक बृद्धि हुन सकेको छैन् । गुणस्तरीय पर्यटक भित्राउन सकिएको छैन । यहि समस्याका कारण व्यवसायीहरुले सोचेजस्तो लाभ प्राप्त गर्न सकेका छैनन् । राज्यले पनि राम्रो लाभ लिन सकेको छैन् ।

यो समस्याको समाधानका लागि केही नीतिगत निर्णय गर्न गराउन आवश्यक छ । त्यसका लागि मेरो अधिकतम पहल व्यवसायी र सरकारको विचमा पुलको काम गर्ने हुनेछ । म त्यसका लागि सक्षम छु र प्रतिबद्ध पनि छु । पर्यटनका अन्य संस्थाहरुसँगको सम्बन्धलाई पनि नयाँ आधारमा सम्बन्ध विकास र विस्तार गर्न जरुरी छ । सबैसँग संयोजनकारी भुमिका निभाउन मेरो विशेष जोड रहनेछ ।

म विशुद्ध पदयात्रा व्यवसायी हुँ । मेरो होटल, रेष्टुरेन्ट वा अन्य कुनै व्यवसाय छैन् । टान पनि विशुद्ध पदयात्रा व्यवसायीहरुको छाता संगठन भएकोले उनिहरुका समस्याप्रति मेरो पहिलो ध्यान र पहल हुनेछ । म व्यवसायीका समस्याका सम्बन्धमा सजग छु । सचेत छु र जानकार पनि छु । त्यसका साथै यस क्षेत्रमा काम गर्ने मजदुरहरुको जीवनको उचित ग्यारेन्टी र कामको सहि मुल्याड्ढन हुन जरुरी छ । त्यतातिर पनि मेरो विषेश ध्यान जानेछ ।

तपार्इँले यसअघि टानको महासचिव हुँदा के काम गर्नु भएको थियो ?

विगतमा मैले एक पटक कार्यसमिति सदस्य र एक पटक महासचिव भएर काम गर्ने अवसर पाएं । मैले कसैलाई आग्रह पूर्वाग्रह गरिन । म महासचिव भएकै समयमा टिम्सलाई ठोस रुपमा कार्यान्वयनमा ल्यायौं । टीम्सलाई व्यवसायीको हकहितमा लागु गर्ने कामको सुरुवात पनि त्यतीखेरै भएको हो ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस राज्यले मनाईरहेको थिएन । उक्त दिवस मनाउन राज्यलाई प्रस्ताव हामीले नै गरेका हौं । चुमभ्यालीमा केही बर्षयता धेरै पर्यटक जाने गरेका छन् । यसले धेरै राम्रो व्यवसायीक उचाई र प्रख्याती हासिल गरेको छ । यसको प्रवद्र्धन पनि त्यतिखेरै गरिएको थियो ।

मजदुर र व्यवसायी विचमा सिजन सुरु हुने वित्तीकै द्धन्द्ध सुरु हुने गथ्र्यो । जसले व्यवसायी र मजदुर विचमा असहज परिस्थिती सृजना हुन्थ्यो । म महासचिव भएको कार्यकालमा व्यवसायी र मजदुर विचको सम्बन्धलाई सुमधुर बनाईयो । टान ऋणमा थियो । हामीले संस्थालाई ऋणमुक्त बनाएर आर्थिक पारदर्शिता कायम गर्‍यौं । टान सचिवालयका कर्मचारीहरुको क्षमताको विकासका लागि तालिम प्रदान गर्ने काम हाम्रै कार्यकालमा गरिएको थियो ।

राजनीति कम र व्यवसायीक गतिविधि बढी भएको पनि हाम्रै कार्यकालमा हो । संस्थाका गतिविधि सम्बन्धमा सूचनाको हकको व्यवस्थाका साथै थुप्रै सकारात्मक कामहरु म महासचिव भएको कार्यसमितिले गरेको थियो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पदयात्रा पर्यटनको विस्तार र विकास गर्न पहल गर्नेछु । एक्सप्लोर र प्रमोसन दुबै गर्न जरुरी छ । अहिले विकास भइसकेका क्षेत्रमा पदयात्रीको चापलाई त्यहाँको पूर्वाधारले धान्नै गाह्रो भएको छ । तर, त्यति नै सम्भावना भएका सुदूरपश्चिम र कर्णाली क्षेत्रमा हामीले विकास गर्न सकेका छैनौँ । त्यसमा मेरो जोड हुनेछ ।

निर्वाचनमै जानुपर्ने अवस्था आयो भने तपार्इँले जित्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

म फेरि भन्छु, यसपटक सर्वसम्मत हुन्छ । यो क्षेत्रमा तीन ठूला पार्टी निकटका व्यवसायी संगठन मात्र नभएर शेर्पा, तामाङ, गुरुङ्गलगायत अस्तित्वमा रहेका साना संगठनलाई समेटेर सर्वसम्मत र समावेसी टिम बनाउन मेरो पहिलो र अधिकतम प्रयत्न रहनेछ । कोहि एकाध संगठनले सहयोग गरेनन् भनेपनि त्यसलाई सर्वसम्मत नै मान्नुपर्छ ।

यदि त्यो सम्भव भएन भने स्वभाविक रुपमा निर्वाचनमा जानुपर्ने हुन्छ । निर्वाचनमा जाँदा पनि म अत्यधिक बहुमतका साथ जित्ने प्रसस्त आधार र सम्भावनाहरु देख्दछु । त्यो सम्भावना हुँदाहुँदै पनि मेरो प्रमुख जोड सर्वसम्मत नेतृत्वको लागि हुनेछ । अहिलेको परिस्थितिमा टानलाई सर्वसम्मत नेतृत्वको खाँचो छ र त्यो मेरो नेतृत्वमा मात्र सम्भव छ भन्ने मेरो बुझाई हो । मेरो स्वभाव पनि संकिर्ण छैन् । सबैप्रति हार्दिकता र सदभावपूर्ण सम्बन्ध राख्ने स्वभाव र नेतृत्व क्षमताका कारण पनि यस पटक सबै पदयात्रा व्यवसायी साथिहरुले मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास मैले लिएको छु ।

गैरकानुनी रुपमा पदयात्रा व्यवसाय संचालन भइरहेको अवस्थामा त्यसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याएर तिनलाई राज्यको कानूनी दायरामा ल्याउन पहल गरिनेछ । जसले कानुनी रुपमा व्यवसाय संचालन गरिरहेकाहरुको व्यवसायमा बृद्धि हुनेछ भने रोजगारीका अवसरहरुमा समेत बृद्धि हुनेछ । यसले राज्यको करमा स्वतः बृद्धि हुनेछ भने पर्यटकले पनि सुरक्षित रुपमा पदयात्रा गर्न पाउनेछन् ।

मैले जितेभने पर्यटकको आगमनमा बृद्धि गराउने र गुणस्तरीय पर्यटक भित्राउन पहल हुनेछ । पर्यटन सम्बन्धी नीति नियमहरु बन्दै गरेको अवस्थामा तिनलाई आम व्यवसायीको हकहितमा र समग्र राष्ट्रकै हितमा हुनेगरी सरलिकृत गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।
गैरकानुनी रुपमा पदयात्रा व्यवसाय संचालन भईरहेको अवस्थामा त्यसलाई पूर्ण रुपमा नियन्त्रणमा ल्याएर तिनलाई राज्यको कानुनी दायरामा ल्याउन पहल गरिनेछ । जसले कानुनी रुपमा व्यवसाय संचालन गरिरहेकाहरुको व्यवसायमा बृद्धि हुनेछ भने रोजगारीका अवसरहरुमा समेत बृद्धि हुनेछ । यसले राज्यको करमा स्वतः बृद्धि हुनेछ भने पर्यटकले पनि सुरक्षित रुपमा पदयात्रा गर्न पाउनेछन् ।

नियन्त्रित र निर्देशीत क्षेत्रहरुः मुस्ताङ, डोल्पो, कञ्चनजंगा, मनासलु, नार्फु, हुम्लाको लिमिभ्यालीलगायतको प्रमिट शुल्कको परिमार्जन गर्न आवश्यक छ । अहिले पदयात्रामा जानको लागि कम्तीमा पनि दुई जना पदयात्री हुनुपर्ने व्यवस्था छ । तसर्थ एक जना पदयात्रीले समेत पदयात्रामा जान पाउने नियम बनाउन आवश्यक छ । मैले त्यसका लागि पनि विशेष र अधिकतम पहल गर्नेछु ।

३ हजार मिटर भन्दामाथि जाने पदयात्रीले नेपाल सरकारबाट इजाजत प्राप्त टे«किङ कम्पनीबाट कम्तीमा १ जना सहयोगी अनिवार्य लिएर जानुपर्ने नियम बनाउनको लागि मेरो पहल हुनेछ । साथै आयकर र भ्याटलाई पनि सरलिकृत गर्न जरुरी छ । त्यसको लागि पनि मैले विशेष पहल गर्नेछु ।

टान र नेपाल पर्यटन बोर्ड बीचको सम्बन्ध सुमधुर गर्नेतर्फ पनि मैले विशेष जोड दिनेछु । नेपाल सरकार, सम्बन्धित मन्त्रालय, विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटनका अन्य सबै संघ–संस्थाहरुसँग सुमधुर र अर्थपूर्ण सम्बन्ध स्थापित गर्नेतर्फ मेरो अधिकतम पहल हुनेछ ।
अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई नेपालमै बोलाएर बृहत ट्राभल मार्टको आयोजना गरेर पदयात्रा व्यवसायीलाई आफ्नो व्यवसायको प्रवद्र्धन स्वदेशमै गर्ने अवसर सृजना गर्नेतर्फ मैले पहल गर्नेछु ।

गैरकानुनी रुपमा पदयात्रा व्यवसाय संचालन भइरहेको अवस्थामा त्यसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याएर तिनलाई राज्यको कानूनी दायरामा ल्याउन पहल गरिनेछ । जसले कानुनी रुपमा व्यवसाय संचालन गरिरहेकाहरुको व्यवसायमा बृद्धि हुनेछ भने रोजगारीका अवसरहरुमा समेत बृद्धि हुनेछ ।

सम्भावना भएर पनि ओझेलमा परेका सुदूरपश्चिम र कर्णाली प्रदेशमा पदयात्रा पर्यटन विकासको केही योजना छ ?

नेपालको सुदूरपश्चिम पनि पदयात्राको प्रचुर सम्भावना भएको क्षेत्र हो । तसर्थ मैले देशका सबै भूभाग र विशेषतः सुदूरपश्चिम र कर्णाली प्रदेशमा पदयात्रा पर्यटनको विस्तार र विकास गर्न पहल गर्नेछु । एक्सप्लोर र प्रमोसन दुबै गर्न जरुरी छ । अहिले विकास भइसकेका क्षेत्रमा पदयात्रीको चापलाई त्यहाँको पूर्वाधारले धान्नै गाह्रो भएको छ । तर, त्यति नै सम्भावना भएका सुदूरपश्चिम र कर्णाली क्षेत्रमा हामीले विकास गर्न सकेका छैनौँ । त्यसमा मेरो जोड हुनेछ ।

पर्यटन मजदुरको बारेमा के सोचिरहनु भएको छ ?

एकदमै महत्वपूर्ण र सान्दर्भिक प्रश्न गर्नुभयो । मजदुर र व्यवसायी एक अर्काका परिपुरक हुन । एक विना अर्कोको अस्तित्व असम्भव प्राय छ । मजदुरको रोजगारी सुनिश्चित गरी उनिहरुको सेवा सुविधामा बृद्धि गर्नका लागि पनि सर्वप्रथम व्यवसायीको व्यवसायमा बृद्धि गर्न जरुरी छ । व्यवसायीहरुको व्यवसायमा बृद्धि हुँदासाथ स्वभाविक रुपमा मजदुरहरुको सेवा सुविधामा पनि बृद्धि हुन जानेछ ।

अहिलेको परिस्थितीमा न व्यवसायीहरु सुरक्षित छन् न मजदूरहरु । तसर्थ व्यवसायीको व्यवसायमा बृद्धि विकास नगरेसम्म मजदुरको सेवा सुविधामा विकास गर्न असम्भव छ । तसर्थ व्यवसायीको व्यवसायीक क्षमता अभिबृद्धि गर्न र मजदुरलाई पनि पदयात्रीलाई स्तरीय सेवाको लागि तालिम प्रदान गर्न जरुरी छ ।

सबै व्यवसायीले आफ्नो व्यवसायको प्रवद्र्धन विदेशमै गएर गर्न सक्छन भन्ने छैन् । तसर्थ अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई नेपालमै बोलाएर बृहत ट्राभल मार्टको आयोजना गरेर पदयात्रा व्यवसायीलाई आफ्नो व्यवसायको प्रवद्र्धन स्वदेशमै गर्ने अवसर सृजना गर्नेतर्फ मैले पहल गर्नेछु ।

नेपालको पर्यटन विकासको लागि पूर्वाधार निर्माण पहिलो र अनिवार्य सर्त हो । तसर्थ पुर्वाधारको विकासको लागि राज्यलाई झक्झक्याउने र सचेत गराउने तर्फ मैले पहल गर्नेछु । सडक, यातायात, एयरपोर्टको स्तरोन्नती, संचार, पुल, ट्राफिकको सहि व्यवस्थापनका लागि राज्यसंग जोडदार पहल गरिने छ ।

  • प्रस्तुतीः लोकेन्द्र शाह
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]