Dabali News

Ad

अमेरिकामा फेरि अर्काे गोली काण्ड, पाँचको मृत्यु

२७ फागुन

काठमाडाैँ ।

पटकपटक गाेली काण्ड हुँने गरेकाे संयुक्त राज्य अमेरिकामा फेरि अर्काे गोली काण्ड भएको छ । हतियार राख्न पाउँन अधिकारकाे दुरुपयाेग गर्दै पटकपटक यस्ता घटना हुँदै अाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पेन्सिलभानियाको एक निजी निवासमा अज्ञात व्यक्तिले बुधबार राति अबेरतिर गोली हानेर पाँचजनाको हत्या गरेका हुन् । मारिनेमा चार जना महिला र एकजना पुरुष रहेको बताइएको छ ।

चार जनाको घटनास्थलमै र एक महिलाको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गोली लागेका अरु तीन जना गम्भीर रुपमा उपचार गराइरहेका छन् ।

प्रहरीले हत्याराको खोजी व्यापक मात्रामा गरेको छ तर अहिलेसम्म पनि कसैलाई पक्राउ गरेको छैन ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com