Dabali News

देवेन्द्र पौडेलहरु लम्पसारवादी भएको नयाँ शक्ति कतारको निष्कर्ष, प्रथम अधिवशन मंसिरमा 

१० भदौ

दोहा । नयाँ शक्ति कतारको प्रथम महाधिवेशन अागामी मंसिरमा हुने भएको छ ।

‘समृद्धी सम्भब छ हाम्रै पालामा’ भन्ने नारासहित नयाँ शक्तिको कतार शाखाको बैठकले प्रथम अधिवेशन मंसिरमा गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय नेपाली समाज कतारको भदौ ९ गते सम्पन्‍न पूर्ण बैठकले सो निर्णय गरेको प्रवक्ता ध्रुब क्षेत्रीले जानकारी दिए ।

अान्तरिक विवादका कारण नयाँ शक्ति कतारको विघटन गरिएको थियो । निवर्तमान कार्यसमितिलाई नयाँ रुप दिँदै मंसिरभित्रै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

पूर्बकार्यसमितिका पदाधिकारी, क्षेत्रीय तथा विभागीय संयोजक र सदस्यहरुको उपस्थितमा सम्पन्‍न बैठकले प्रथम अधिवेशन आयोजक कमिटीको सल्ल्हाकारमा पार्टीका संघीय परिषद् सदस्य कमल घिमिरे, प्रादेशिक सदस्य दुर्गा सुनार र कतारका जेस्ठ अभियन्ता शिशी सुबेदीलाई मनोनित गरेको छ ।

बैठकले १०१ जना सदस्यीय अायोजक समिती घोषणा गर्नुको साथै कार्यविभाजन समेत गरेको छ । जसमा ईन्चार्ज शिवराज भटराई, संयोजकमा  देब परिवार, प्रवक्तामा ध्रुब क्षेत्री, आर्थिक तथा अनुगमन बिभाग प्रमुखमा दुर्गा भुसाललाई  मनोनित गरेको छ ।

अधिबेसन आयोजक कमिटिमा पूर्व पदाधिकारी, विभागीय तथा सचिवालय सदस्यहरुबाट जनाव महामुद कार्की (हरि कार्की ), राम संजेल, इब्राहिम मिया, अब्दुल करिम मिया, मनोज दाहाल, सन्तोष बस्नेत, होम उप्रेती, राम संजेल , रामजी सुबेदी, तन्बिर आलम, अनुराग रसाइली, टेक प्रसाद गोतामे, टेकराज पाठक (सागर ) नबिन गिरि, संगम भटराई, अर्जुन सेडाई, बिनोद गैरे, बिजय परियार, अनिल परियार, सोम सोनाम, कृष्ण परियार, सूर्या भण्डारी, लक्क्षुमण  पाण्डे, मेराजुद्दीन मिया,  रमेश सिङ्ग खाती, एजाज हुसेन, तार्केश्वर यादब, नबिराज खान, किरण परियार, जनक नाथ योगी, उत्तम भण्डारी, टाेप बहादुर परियार, बिजय तामाङ (संगीतकार), कुसल श्रेष्ठ, शेखा बिक, प्रेम परियारले, रजनी परियार, भुवन बर्देवा, लिला बर्देवालगायत छन् ।

बैठकले हालै माओवादी केन्द्रमा प्रवेश गरेका देवेन्द्र पौडेललगायतका नेताहरुलाई लम्पसारवादी भएको निष्कर्ष निकाल्दै पार्टीले गरेको कारवाहीको स्वागत गरेको छ । पौडेलसँगै माओवादी केन्द्रमा फर्केका नेताहरुले नयाँ शक्तिका नेता-कार्यकर्ताविरुद्ध झुट्ट हल्ला चलाएको बताउँदै त्यसको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।

पूर्व संयोजक बिबी खराललगायतका नेताहरु भगुवा भएको भन्दै उनीहरुले छर्ने भ्रमबाट सतर्क रहन नयाँ शक्तिको कतारका अभियान्तालाई अपील समेत बैठकले गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]