Dabali News

Ad

देउवाले मोदीलाई दिनैपर्ने सुझावः टाउकाको मूल्य तोकेर माओवादीलाई समाप्त गर्न सकिदैन

८ भदौ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच औपचारिक भ्रमणको क्रममा दिल्लीमा छन् । आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुँदैछ ।

हिजो चिया भेट भएको तर औपचारिक भेटवार्ता आज हुँने बताइएको छ । देउवा र मोदीबीच ३० मिनेट ‘वान टु वान’ वार्ता हुने र त्यसपछि सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले भ्रमण नयाँ सम्झौता नहुने र पुरानैलाई कार्यान्वयन गर्ने बताएपनि केही राष्ट्रघाती सम्झौता गर्ने आशंका नेपाली जनमानसमा छ ।

प्रधानमन्त्री देउवाले मोदीलाई नछुटाएर दिनैपर्ने एउटा सुझाव छ, त्यो हो, टाउकाको मूल्य तोकेर समस्याको समाधान हुँदैन । देउवा नै प्रधानमन्त्री भएको बेला तत्कालिन नेकपा (माओवादी)ले ४० बुँदे माग राख्यो तर त्यसलाई उनले बेवास्ता गरे । माओवादीले उठाएका राजनीतिक एजेण्डालाई बन्दुकले दबाउने बाटो देउवाले रोजे । आफ्ना मागबारे राज्यपक्ष गम्भीर नभएको भन्दै माओवादीले जनयुद्धको घोषणा गर्यो ।

जनयुद्ध चल्दै गयो । नेपालीको सत्तामा निकै उतारचढाव अायो । माओवादीलाई सिध्याउन भन्दै राजनीतिक दलहरु जुट्ने र फुट्ने क्रमपनि सँगसँगै अगाडि बढ्यो । माओवादी सिध्याउने जिम्मा फेरि देउवाकै काँधमा अायो । माओवादीलाई आतंकारी घोषण गर्दै ‘आतंककारी तथा विध्वंशात्मक अपराध नियन्त्रण तथा सजाय अध्यादेश’ मार्फत सिध्याउन देउवाले निकै प्रयास गरे । यतिले नपुगेपछि २०५९ वैशाखमा माओवादी नेताहरूको टाउकाको मूल्य नै तोके तर सफल हुन सकेनन् ।

प्रचण्डसहित माओवादीका केन्द्रीय नेताहरुको टाउका काटेर ल्याउन आह्वान पनि देउवाले नै गरे तरपनि जनयुद्ध झन् झन् सत्‍ता कब्जा नजिक अायो । देउवालाई हटाएर  सफल हुन सकेनन् । जसको फलस्वरुप असफल घोषित नै हुनु पर्‍यो । देउवाले नसकेपछि दरबार सत्ताको चावी हातमा लियो । त्यसपछि झन् नेपाली राजनीतिमा उथलपुथल भयो ।

देश माओवादी एजेण्डामा गयो । नेपालमा गणतन्त्र अायो । देउवाले टाउकाको मूल्य तोकेकाहरुको नेतृत्वमा गणतन्त्र अायो । प्रधानमन्त्री बन्ने रोलक्रमसँगै देउवाको पनि पालो अायो । त्यो पनि टाउकाको मूल्य तोकी पाउनेकै सहयोगमा ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देउवाकै शैलीमा भारतीय माओवादी नेताहरुको टाउकाको मूल्य तोक्दै हिडेका छन् । केन्द्र सरकारले र प्रदेश सरकारले फरकफरक मितिमा माओवादी नेताहरुको टाउकाको मूल्य तोकेर खोजी कार्य तीव्र पारेका छन् ।

देउवा शैलीकै फोटोकपी गरेर हालै विहार सरकारले जिउँदो अथवा मृत टाउको ल्याउनेलाई टाउकाको स्तर हेरी २५ हजारदेखि ५ लाखसम्मको पुरस्कार घोषणा गरेको छ ।

पार्टीका पोलिट्ब्युरो सदस्य अरविन्द कुमारको यसअघि झारखण्ड सरकारले १ करोडको टाउकोको मोल तोकिसकेको छ । उनलाई १३ ओटा मुद्दा लगाइएको छ । त्यसैगरी छत्तिसगढ र महाराष्ट्र सरकारले पनि नेता अरविन्दको टाउकाको मूल्य ४० लाख तोकिसकेको छ ।

पोलिटब्युरो सदस्यका लागि १ करोड र पार्टीका महासचिव गणपतिको टाउकाको मोल २ करोड ५० लाख तोकिएको छ । मोदी सरकारले भारतीय माओवादी नेताको टाउकाको मोलका लागि २५ करोड छुट्याएको छ ।

देउवा शैलीमै भारतीय प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । माओवादी नेताको टाउको खोज्ने नाममा सर्वसाधारण नागरिक मृत्युको शिकार भइरहेका छन् ।

माओवादी आन्दोलनको उठानदेखि बैठानसम्म प्रधानमन्त्री देउवाले भोगेका र देखेका छन‍् । उनको अनुभव मोदीको लागि शिक्षा हुनेछ । माओवादीलाई बन्दुकले दवाउन खोज्दा झन् उफ्रिन्छ भन्ने देउवाको भोगाई हो ।

अहिले जसको टाउकाको मूल्य तोकिएको थियो उसैको सहयोगमा प्रधानमन्त्री भएका छन् । यही अवस्था भारतमा मोदीको लागि आउन सक्छ भनेर देउवाले भन्न जरुरी छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]