Dabali News

Ad

तेस्रो क्रान्ति हुने भन्दै ‘किलर रोबट’माथि प्रतिवन्ध लगाउँन गूगलका संस्थापकसहित १ सय जनाको माग

७ भदौ

काठमाडौं । ठूलो परिमाणमा सशस्त्र युद्ध हुन सक्ने भन्दै ‘किलर रोबोट’ (हत्यारा रोबोट)माथि प्रतिबन्ध लगाउन माग गरिएको छ ।

गूगलका सहसंस्थापक मुस्तफा सुलेमानसहित १ सय १६ विशेषज्ञहरुले राष्ट्रसंघलाई पत्र लेख्दै सो माग गरेका हुन् । उनीहरुले उक्त रोबोट मानव विनाशको कारक बन्ने दाबी गर्दैै रोक लगाउन माग गरेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञहरुले उक्त रोबोटको प्रयोग भएमा युद्धमा तेस्रो क्रान्ति हुने चेतावनीसमेत दिएका छन् ।

यसरी किलर रोबोटमाथि प्रतिबन्ध लगाउन माग गर्ने एक सय १६ विशेषज्ञमा अर्बपति एलन मास्क पनि छन् । उनी टेस्लाका सहसंस्थापक र मूख्य कार्यकारी समेत हुन् । त्यस्तै पनि यो सूचीमा छन् ।

राष्ट्रसंघलाई लेखिएको पत्रमा भनिएको छ, ‘एक पटक यसको विकास भइसकेपछि ठूलो परिमाणमा सशस्त्र युद्ध हुन सक्छ, जो अहिलेसम्म भएको छैन । यो मानवीय सोच भन्दा पनि तेज हुन सक्छ ।’

यस्ता रोबोट आतंकवादीले समेत प्रयोग गर्न सक्ने खतरा पनि पत्रमा औंल्याइएको छ । ‘यो आतंकवादीको हतियार पनि बन्न सक्छ, निर्दोषलाई मार्नका लागि आतंकवादीले यसको प्रयोग गर्न सक्छन्, यसलाई ह्याक गरेर भयावह अवस्था ल्याउन सकिन्छ,’ पत्रमा भनिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]