Dabali News

Ad

सिन्धुलीका प्रकाश काठमाडौँमा जम्दै

३ भदौ

काठमाडौँ । गायक तथा मोडल प्रकाश तामाङ म्युजिक भिडियोमा जम्दै गएका छन् ।

सिन्धुली कमलामाई नगरपालिका ६ धुराफाँटका प्रकाश एक वर्षदेखि म्युजिक क्षेत्रमा साधनारत छन् ।

‘प्रदेशीको कथा’सँगै गीत–संगीतको क्षेत्रमा प्रवेश गरेका प्रकाशले आधा दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनले तामाङ भाषा–संकृतिलाई गीत–संगीतको क्षेत्रबाट टेवा पुर्याएका छन् । मोडल प्रकाशले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा अभियन गरिसकेका छन् ।

प्रवासी भूमिमा लामो बसाईपछि नेपाल फर्केका प्रकाश गीत संगीत क्षेत्रम प्रवेश गरे थिए । बाल्यकालदेखि नै गीत संगीतप्रति रुची भएकोब ताउँदै प्रकाशले घर परिवारकै सहयोगबाट यो क्षेत्रमा लागेको बताए । प्रवासमा रहँदा पनि नेपाली कन्सर्टहरुमा भाग लिँदै आएका थिए । उनले एक दर्जन भन्दा बढी नृत्य प्रतियोगितमा प्रथम भएर पुरस्कार समेत पाइसकेका छन् ।

कला–संस्कृतिको जगेर्ना गर्न गीत–संगीतको क्षेत्रमा प्रवेश गरेको प्रकाशको भनाई छ । “म एउटा सफल कलाकार भएर आफ्नो सपना पूरा गर्नेछु” गायक तथा मोडल प्रकाशले भने ।

सर्बसम्मान म्युजिक प्रा.लि.ले सांगितिक यात्रामा ल्याउन सहयोग गरेको भन्दै गायक प्रकाशले धन्यवाद समेत दिए । प्रा.लिका संचालक प्रकाश क्षेत्रीको सहयोगमा आफू यो क्षेत्रमा सफल हुँदै गएको प्रकाश तामाङले अनलाइन डबलीसँग बताए ।

गायक तथा मोडल प्रकाश दशैं–तिहारका गीतहरु बजारमा ल्याउने तयारीमा छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]