Dabali News

Ad

सुस्ताबासी भन्छन्-हिम्तवाला कोही छौं भने अाउँ, गण्डक बाँधमा सँगै बम हानौं 

१ भदौ

 नवलपरासी । भारतीय दादागिरीको सबैभन्दा बढी शिकार भएका सुस्तावासी अाक्रोसित भएका छन् । विहीबार उनीहरु कुटो कोदालो बोकेर गडण्डक नहरको बाँध भत्काउन जुटे । सो बाँधका कारण सुस्ता डुबानमा परेको छ ।

करिब दुई सय सुस्ताबासीले बाँध भत्काउन १० मिटर खनेपछि स्थानीय प्रशासनले रोकेको थियो । एक मिटर गहिरो खनेर गाउँ पसेको बाढी निकास गर्न सुस्तावासी पलामे पुल नजिकै गण्डक नहरको बाँध भत्काउने तयारीमा थिए । तर प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले रोके । उनले भारतीय पक्षसँग अाफूहरु कुरा गर्ने भन्दै रोकेका थिए ।

गण्डकमा बाँध बाँधेर भारतले जलविद्युत निकालेको छ । विद्युत उत्पादनपछि पानीलाई भारतले सिँचाई गर्दै अाएको छ । नहरको लागि बनाइएको बाँधले वर्षेनी सुस्ता डुबानमा पर्ने गरेको छ ।

भारती पक्षले तीन दिनसम्म समस्या समाधान गर्ने बताएकाले अाफूहरु पछी हटेको बताउँदै सुस्ताका स्थानीले समस्या समाधान भनए तीनपछी फेरि बाँध भत्काउने बताउँछन् । उनीहरुले अाफूलाई साथ दिन राजनीतिक दलसँग अाग्रह गरेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]