Dabali News

Ad

पत्रकार रमेश हतुवालीको पुस्तक सार्वजनिक

३० साउन

काठमाडौं । पत्रकार रमेश हतुवालीको पुस्तक सार्वजनिक गरिएको छ । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६२औं वार्षिकोत्सवको अवसर पारेर “Durga Bahadur Shrestha in Promotion of Commerce between Nepal and China” नामक पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले शनिबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका थिए । सो कार्यक्रममा मन्त्री बस्नेतले युवा व्यवासायी दुर्गा बहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । साधारण परिवारमा जन्मिएर दुर्गबहादुरले देशकै अर्थव्यवस्थालाई उकास्ने कार्य गरेको बताए । श्रेष्ठ नेपाल हिमालय सीमापार वाणिज्य संघको संस्थापक अध्यक्ष समेत हुन् ।

पुस्तक र डकुमेन्ट्रीमा नेपाल र चीनबीचको ऐतिहासिक कालदेखि अहिलेसम्म राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध झल्किएको बताए । ०७२ बैशाखको महाभूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन सक्दो प्रयास भैरहेको बताउँदै मन्त्री बस्नेतले एक्जीम बैंक अफ चाईनाले धुलीखेलबाट खाडीचौरसम्म चार लेनको र खाडचौरदेखि तातोपानी सम्म दुई लेनको सडक निर्माण गर्न २४ अर्ब लगानी गर्ने सम्झौता अन्तिम चरणमा रहेको बताए । पाँचखाललाई अर्थ व्यवासायको केन्द्र बनाउने योजना अगाडि बढाइएको पनि बताए ।

कार्यक्रममा वरिष्ठ लेखक एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्राचिन कालदेखि नै प्रगाढ सामाजिक, साँस्कृतिक, व्यापारिक सम्बन्ध रहेको र चीनसँगको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न दुर्गबहादुर श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याएको बताए । चीनसँगको बढ्दो व्यापार घाटा कम गर्न नेपालले निकासी योग्य वस्तुहरुको उत्पादनमा जोडदिनुपर्ने सुझाव उनको छ । सन् २०२० मा चीनबाट नेपालसम्म रेल आईपुग्दा उताबाट भारी सामान आउने र यताबाट खाली पठाउन नुहुने भन्दै यो विचित्र अन्त्य गर्न समयमै तयारी थाल्न सरकारसँग परराष्ट्रविद् श्रेष्ठले आग्रह गरे ।

सांसद रामहरि खतिवडाले देश विकास र आर्थिक समृद्धिको लागि राजनीतिक पार्टीको धरातलबाट माथि उठेर काम गर्नुपर्ने बताउँदै नेपाल–चीन वाणिज्य प्रवद्र्धनको क्षेत्रमा दुर्गाबहादुर श्रेष्ठको योगदानलाई उच्च रहेको बताए । सांसद लार्केल लामाले तातोपानीलाई आकर्षक पर्यटकीय गन्तब्यको रुपमा समेत विस्तार गर्नु आवश्यक रहेको बताए ।

पुस्तकका प्रधान सम्पादक तथा डकुमेन्ट्रीका निर्देशक रमेश हुतुवालीले पुस्तक तथा डकुमेन्ट्रीमा नेपाल–चीनबीचको सम्बन्ध शताब्दियौंदेखि प्रगाढ रहँदै आएको धार्मिक, साँस्कृतिक, व्यापारिक, सामाजिक तथा राजनीतिक सम्बन्धका महत्वपूर्ण पक्षहरु समेटिएको जानकारी दिए ।
द्रुत आर्थिक विकासमार्फत विश्वको नयाँ आर्थिक शक्तिको रुपमा उदाएको चीनको विकास छिमेकी मुलुकहरुको लागि समेत सहायक हुने हतुवालीको भनाई थियो । चीनका राष्ट्राध्यक्ष सि चिन फिङद्वारा प्रतिपादित वान वेल्ट वान रोड जस्तो कार्यक्रमले नेपालको लागि विकासको उत्तरी ढोका खोलिदिएको प्रधानसम्पादक हतुवालीलेसमेत बताए ।

नेपाल चीन बाणिज्य मैत्री संघका महासचिव सुदीप रेग्मीले विमोचित पुस्तकको अध्ययनबाट नयाँ पुस्ताका व्यापार–व्यवसायी र नेपाल–चीन मैत्रीका विषयमा अध्ययन तथा जानकारीका लागि जो कोहीलाई प्रकाशित पुस्तक उपयोगी रहेको बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]