Dabali News

Ad

नेपालीको साझ रोग ग्याष्ट्रिकलाई ५ मिनेटमै ठीक पार्ने १० घरेलु उपाय

काठमाडौं । नेपालीको जीवनशैलीका कारण धेरैलाई ग्यास्ट्रिक भएको कुरा चिकित्सकहरुले बताउँदै अाएका छन् । उनीहरुले ग्यास्ट्रिकलाई नेपालीको साझा रोग भन्छन् । यसलाई सामान्य रुपमा लिएपनि यसले गम्भीर परिणाम निम्त्याउने गर्दछ।

बढी खाँदा, भोकै रहँदा, चिल्लो पिरो र मसलादार खाने कुराका कारण ग्याष्ट्रिकको समस्या देखा पर्छ । सहरिया विलासी जीवनका लागि त अहिले ग्याष्ट्रिक निकै चुनौतीपूर्ण रोगका रुपमा देखिदैंछ । कहिलेकाही त ग्याष्ट्रिकले मानिसलाई डिप्रेसनसम्म लैजाने गर्छ ।

पेट ढुस्स फुल्ने, खाना नपच्ने, पेट दुख्नजस्ता समस्याहरु ग्याष्ट्रिकका क्रममा देखिने गर्छन् । ग्याष्ट्रिकबाट बच्नका लागि आयुर्वेद एक्सपर्ट डा. बी एस राठौरले १० घरेलु उपाय सुझाएका छन् । जसले ग्याष्ट्रिकको समस्याबाट ५ मिनेटमै राहत दिन सक्छ ।

१) दुई वटा ल्वाङ चुस्नुहोस ।

२) नरिवलको पानी पिउनुहोस्, एसिडिटी कम हुनेछ ।

३) अदुवाको रसमा मह मिसाएर खानुहोस ।

४) एक गिलास चिसो दुध पिउनुहोस् ।

५) घिउकुमारीको जुस खानुहोस । यसले पनि ग्याष्ट्रिकबाट ५ मिनेटमै छुटकारा दिनेछ ।

६) पुदिनाको पात उमालेर पिउनुहोस् ।

७) मनतातो पानीका कागती निचोरेर पिउनुहोस् ।

८) एक गिलास पानी दुई अलैचीको दाना उमालेर मनतातो भएपनि पिउनुहोस् ।

९) एक गिलास पानीमा एक चम्चा मीडो सोडा घोलेर विस्तारै—विस्तारै पिउनुहोस् ।

१०) एक चम्चा काचो सोप खानुहोस् । यसले पाचन प्रक्रिया सघाउन पुर्‍याउनेछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]