Dabali News

Ad

विकल्प ढुंगानाको अर्को चमत्कारः गुफामा धुप बाल्दा भजन आफै बज्ने प्रविधि जडान

५ साउन

तनहुँ । नयाँनयाँ खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक विकल्प ढुंगानाले अर्को चमत्कार गरेका छन् । अब तुफामा धुप बाल्यो भने आफे भजन बज्नेछ ।

मादी र सेती नदीको किनारमा रहेको ब्यास गुफामा धुप बाल्दा भजन बज्ने प्रबिधि जडान भएको छ । ढंगानाले बुधबार तनहुको दमौलीमा एक कार्यक्रमकाबीच यो प्रविधिको जाडन गरेका छन् ।

तनहुँको दमौलीका ढुंगानाले निर्माण गरेको उक्त प्रविधिको धुप बालेर ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले शुभारम्भ गरेका हुन् । प्रविधिको शुभारम्भ गर्दै मेयर न्यौपानेले ढुंगानाले तनहुँ र ब्यासको साख बढाएको बताए । उनले ढु्रंगानाजस्ता सिर्जनशील युवाहरु आविस्कार र अन्वेषणबाट पलाएन हुन नदिन आफूले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

आफै भजन बज्ने प्रविधि जडानपछि बोल्दै युवा वैज्ञानिक ढुंगानाले आफुले जानेको सिपबाट ब्यास ऋषिको जन्मथलो दमौलीको प्रचार गर्ने अपेक्षा गरेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, ढुंगाना बुवा तथा राष्ट्रिय परोपकार महासंघ तनहुँका सहसचिव भाग्यशाली ढुंगाना, ब्यास गुफाका दामोदर बाबा लगायतले प्रविधि र विकल्पको कार्यको प्रसंशा गरेका थिए ।

‘जागौं युवा नेपाल’का अध्यक्ष समुन्द्र पौडेल, ब्यास ४ निवासी बुद्धि गुरुङ लगायतले प्रविधिको निर्माण गर्न सहयोग गरेको विकल्पले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्रालयबाट २०७२÷७३ को राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत ढुंगानाले यसअघि बिष्णु सोलार स्कुटी, चालकले हेल्मेट नलगाएको र मापसे गरेर मोटरसाइल चालाउँदा स्टार्ट नहुने प्रबिधि लगायत दर्जनौं सामाग्रीको आविस्कार गरिसकेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]