Dabali News

Ad

सूर्यमा प्वाल परेको डरलाग्‍दो तस्वीर, पृथ्वी अन्धकार हुन सक्ने वैज्ञानिकको चेतावनी

काठमाडौं । वैज्ञानिकहरुले सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखा परेपछि वैज्ञानिकहरु निकै चिन्तित भएका छन् । उनीहरुले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले सूर्यअस्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र (प्वाल) पृथ्वीभन्दा ठूलो रहेको बताएका छन् ।

डेलिमेलकाअनुसार वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक ‘एम क्लास’को सौर्य ज्वालाहरु उत्पादन गर्नसक्ने बताउँदै पृथ्वीमा रेडियो ब्लाकआउट उत्पन्न भएर विकिरण तुफान आउनसक्ने भएकाले उच्च सर्तकता अपनाउन चेतावनी दिइएको छ ।

यस घटनाले पृथ्वीको सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले प्रारम्भिक अनुमान गरेका छन् ।

नासा सौर्य गतिशील वेधशालाले गतहप्ता सूर्यमा रहेको उक्त विशाल कालो छिद्र पत्ता लगाएको नासाले उल्लेख गरेको छ ।

नासाद्वारा जारी वक्तव्यमा भनिएको छ–‘नयाँ ‘सन्सपट’ समूहको दृश्यहरु घुमाएर हेर्दा उक्त छिद्रको आकार बढ्दै गएको देखिन्छ । दुई दिनको अन्तरालमा खिचिएको दृश्यहरुमा एउटामामात्र ‘सन्सपट’ समूह देखापरेको छ । हुनसक्छ यो सूर्यको केही सौर्यवर्षाको लागि यस्तो देखिएको हो । तर, भविष्यमा यसले सौर्यमन्डलको लागि कस्तो खतरा उत्पन्न गर्नेछ भन्ने विषयमा सबै वैज्ञानिकहरुलाई चेतावनी दिइएको छ ।’

उक्त फोटो अमेरिकाको न्यूयोर्क सहरबाट गत मंगलबार खिचेपछि स्पेसवेदर डटकमका ब्रुनो बोनी डे ओलिभ्रराले आफूले पनि धेरै मिहेनतपछि सूर्यको ‘सन्सपट’ क्षेत्रको फोटो खिच्न सफल भएको बताएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]