Dabali News

Ad

साउन १ गतेदेखि नेपाल टेलिभिजन मात्रै हेर्न पाइने ! 

२६ असार

काठमाडौं । सरकारले साउन १ गतेदेखि टेलिभिजनमा विज्ञापनरहित नीति लागु गर्न लागेको छ । विदेशी च्यानलहरु विज्ञापनरहित प्रसाण गर्नुपर्ने अनिवार्य हुने गरी सरकारले नीति ल्याउन लागेपछि टेलिभिजन व्यवसायीहरु अान्दोलनमा उत्रेका छन् ।

नेपाल केवल टेलिभिजन महासंघ,  नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले अाइतबार संयुक्त बिज्ञप्ति जारी गर्दै असार मसान्त भित्र उक्त नीति रद्द नगरिए नेपाली डिटिएच कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण भई आएका स–शुल्क, निशुल्क, स्वदेशी, विदेशी तथा स्थानिय केवल टिभी लगायत सम्पुर्ण टेलिभिजनहरु बन्द गर्न चेतावनी दिएका छन् ।

नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली,  नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका सदस्य धुर्ब शर्मा, र डीस होम नेपालका कार्यकारी प्रमुख सुदिप आचार्यले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले उक्त नीति लागु गरे साउन १ गतेदेखि सम्पूर्ण टेलिभिजनहरु बन्द गर्न बाध्य हुने बताइएको छ ।

त्यस्तै भारतीय प्रशारक फोरम (Indian Broadcasting Forum)  ले नेपालको लागि clean feed उपलब्ध गराउने नसकिने जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

केपी ओली सरकारको पालामा संचारमान्त्रालयले क्लिन फिड लागु गर्ने निर्णय गरेको थियो ।

सरकार जसरी पनि लागु गर्ने र व्यवसायी लागु गर्न नदिने पक्षमा छन् । एउटा पक्ष पछी नहटे साउन १ गतेदेखि नेपाल टेलिभिजनमात्रै प्रसारण हुनेछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]