Dabali News

Ad

गीतबाट संगीताले दिइन् सीमा सुवेदीलाई चेतावनी (भिडियोसहित)

१८ असार

काठमाडौं । केही दिन पहिलो दार्जिलिङ अान्दोलनलाई लिएर नेपाली मूलकी भारतीय युवती सीमा सुवेदीले नेपाल र नेपालीबारे दिएको प्रतिक्रियाको जवाफ विभिन्‍न तरिकाले नेपालीहरुले दिइरहेका छन् ।

पश्चिम बंगाल सरकारले नेपालीभाषीमा गरेको दमनको विरोध गरेका थिए । त्यही विषयमा दार्जिलिङकै सुवेदीले सामाजिक सञ्‍जालमा अश्लील शब्दमा नेपालीमाथि गाली गरेकी थिइन् ।

नेपाली चेली संगीता रायमाझीले सीमाको उक्त अभिव्यक्तिको जवाफ गीतमार्फत जवाफ दिएकी छन् ।

नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चा कमाउँन सफल संगीताको स्वर रहेेको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।

‘हामी गोरखाली हामी नेपाली’ बोलको  उक्त  गीतका  कतिपया शब्दहरु  सीमा सुबेदीले  नेपालीहरुमाथी  पोखेको  अभिव्यक्तिको  जवाफमा केन्द्रित छन् ।

बोल्दैमा केही गोरखाली नहुँने, गोरखाली र नेपाली हुनको लागि त  शिरको आहुती  दिन  सक्नु  पर्ने  चेतावनीका शब्दमा उक्त  गीतमा छन् । गायीकाको अाफ्नै शब्दमा निराजन सापकोटाले संगीत भरेका छन् भने एरेञ्ज र छायाँकन बुद्ध सायमीले गरेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]