Dabali News

Ad

काठमाडौं पढ्न अाउँनेहरुका धन्दाः डान्सबारबाट ८ कक्षादेखि १२ मा पढ्ने १९८ छात्रछात्रा पक्राउ

१७ असार

काठमाडौँ । देशका विभिन्‍न ठाउँबाट राम्रो शिक्षाको लागि राजधानी काठमाडौं पस्ने फेसन जस्तो भएको छ । के अभिभावक के विद्यार्थी दुबैको रोजाई काठमाडौँ हुने गर्दछ । तर, यहाँ उनीहरुले कस्तो शिक्षा लिइरहेका छन् भन्‍ने कुरा कतिपय अभिभावकलाई जानकारी नै हुँदैन ।

अभिभावकविहीन बनेका स्कूलदेखि क्याम्पस पढ्ने विद्यार्थी र अभिभावसँगै बसेका किशोर किशोरीहरु कुलतमा फस्ने गरेका छन् । बजारमा देखिएको तडकभडकको प्रभावमा परेर यौन व्यपारतिर लाग्ने गरेको कुरा पटकपटक सार्वजनिक भइसकेको छ । विभिन्‍न डान्सबार, दोहरी, होटलबाट सामुहिक रुपमा प्रहरीले पक्राउ गर्दै अाएको छ ।

त्यस्तै अर्को  शनिबार पनि स्कूलदेखि कक्षा १२ मा पढ्दै गरेका छात्राछात्रको ठूलो समूहलाई पक्राउ गरेको छ । काठमाडौंकाे नयाँ बसपार्कस्थित बालाजुबाट प्रहरीले १९८ जना किशोरकिशोरीलाई पक्राउ गरेको छ।

शनिबार दिउँसो बालाजुमा रहेको हिमालय डान्सबारमा महानगरीय प्रहरी वृत्त बालाजुको टोली छापा मर्दा मादक पदार्थका तथा नशालु पदार्थसमेत सेवन गरेर होहल्ला गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिईएको हो।  वृत्तकाले जानकारी दिए अनुसार उनीहरु नशाको ताला हल्लाखल्ला मच्चाईरहेको स्थातिमा पक्राउ गरिएको थियो ।

प्रहरीको नियन्त्रणमा परेका ति किशोरकिशोरी मध्ये ४० किशोरी र १५८ किशोर रहेका छन् । प्रहरी वृतका अनुसार धेरै जना कक्षा आठदेखि प्लस्ट टु पढ्ने रहेका छन्। उनीहरुलाई परिवारका सदस्य बोलाएर सम्झाई बुझाई जिम्मा लगाउने तयारी रहेको प्रहरीको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]