Dabali News

Ad

अनलाइन डबलीसँग 24 नेपालले माग्यो माफी, यस्तो छ विज्ञप्ति

१६ असार

काठमाडौँ । डबली मिडिया प्रा.लि.द्वारा संचालित अनलइन डबली डटकमको डिजाइन कपी गरि चोरेको स्वीकार गर्दै २४ नेपाल डटकमले माफी मागेको छ ।

त्रियुगा मिडिया एजेन्सीका प्रा.लि.का प्रबन्धक निर्देशक विश्वराज तामाङ र प्रबन्धक खेमराज दाहालले आफ्नो तर्फबाट गल्ती भएको भन्दै माफी मागेका छन् । निर्देशक तामाङले अनलइन डबली डटकमको लेआउट राम्रो लगेर डिजाइनरलाई ‘रिफ्रेन्स’ दिएको बाताए ।

त्यसैगरी त्रियुगा मिडिया एजेन्सी प्रा.लि.बाट सञ्चालित उक्त अनलाइनका डिजाइनर भवेश मण्डलले अनलाइन डबली डटकमको सिएसएस कोड कपी गरि चोरेको स्वीकार गरेका छन् ।

डिजाइनर मण्डलले आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन् । मण्डलले त्रियुगा प्रा.लि.ले भनेअनुसार नै आफूले अनलाइन डबलीको डिजाइन चोरी गरेको समेत बताए ।

आफ्नो कम्पनीको तर्फबाट विज्ञप्ति नै निकालेर मण्डलले भुलबस गल्ती भएको भन्दै अनलाइन डबली परिवार, पाठक, विज्ञापनदातासँग माफी मागेका छन् ।

त्रियुगा प्रा.लि. र डिजाइनर मण्डलले माफी मागेकाले डबली मिडिया प्रा.लि.ले एक पटकलाई माफी दिँदै कानुनी प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको छ ।

मण्डलद्वारा जारी विज्ञप्ति 

 

यो पनि पढ्नुहोस्

अनलाइन पत्रकारितामा चोरको बिगबिगी, अनलाइन डबलीको डिजाइन हुबहु कपी

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com