Dabali News

Ad

विश्वभर एकैसाथ साइबर आक्रमण, विद्युत र विमानस्थल अस्तव्यस्त

१४ असार

काठमाडौं । विश्वभरका ठूला कम्पनीका कम्प्युटरमा साइबर आक्रमण भएको छ ।

बिबिसीका अनुसार र्‍यानसमवेयर साइबर आक्रमणका कारण विश्वभरका कम्पनी प्रभावित भएका छन् । र्‍यानसमवेयर साइबर आक्रमणका कारण कम्पनीका आइटी प्रणाली प्रभावित भएका छन् ।

साइबर आक्रमणको स्रोत अहिलेसम्म खुलेको छैन । तर निश्चित मात्रामा पैसाको माग गर्दै विश्वका विभिन्न कम्पनीको कम्प्युटरमा भाइरस आक्रमण भएको हो । यो साइबर आक्रमणको पहिलो शिकार युक्रेनको राष्ट्रिय विद्युत कम्पनी तथा किएभमा रहेको मुख्य विमानस्थलसहितका अरु युक्रेनी कम्पनीका कम्प्युटर बनेका थिए ।

अहिलेसम्म झण्डै दुई हाजरको हारहारीमा आक्रमण भएको र त्यसबाट प्रभावित हुनेमा युक्रेन, रुस, पोल्याण्ड, बेलायतसहितका देशका कम्प्युटर रहेको रुसको एन्टी भाइरस कम्पनी कस्पर्सकी ल्याबले जनाएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले यो विषयमा सुक्षम निगरानी गरिरहेको बताएको छ ।

गएको महिना पनि विश्वभरका कम्प्युटरमा ठूलो स्तरको साइबार आक्रमण भएको थियो । त्यही आक्रमणका बेला जुन कमजारीको फाइदा आक्रमणकारीले लिएका थिए अहिले पनि त्यही कमजारीको फाइदा उनीहरुले उठाएको विशेषज्ञले बताएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]