Dabali News

  • Ad

चुरोट पिउनेको दिमागको पत्र पातलो

churot

चुरोट पिउनेले जति सक्दो चाँडो आफ्नो आदत त्यागेमा यसअघि चुरोटले दिमागमा पारेको क्षतिबाट बच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । दिमागको शक्तिलाई पूर्ववत् अवस्थामा राख्न ७० वर्षपछि पनि चुरोट रोक्न सकिने उनीहरुको सुझाव छ ।

युनिभर्सिटी अफ इडनबर्कका वैज्ञानिकहरुले हालै सार्वजनिक गरेको नयाँ अनुसन्धानअनुसार चुरोटले दिमागको बाहिरी पत्रलाई पातलो बनाउँछ । वृद्धावस्थासँगै दिमागको पत्र पातलो हँुदै जानु स्वाभाविक हो । तर चुरोट पिउने मानिसहरुको दिमागी पत्र भने उनीहरुको लतअनुसार युवावस्थामै पातलो हुन्छ । स्मरण, ध्यान, सचेतना आदिको निर्माण हुने क्षेत्र दिमागको सेरिब्रल कोर्टेक्सममा चुरोटले प्रत्यक्ष असर पार्छ ।

अध्ययनमा थोरै पिउनेमा भने केही सातापछि हल्का असर देखिने बताइएको छ । तर ३० वर्षदेखि दैनिक २० वटासम्म चुरोट खाएका व्यक्तिहरुको दिमाग पूर्ववत् अवस्थामा आउन २५ वर्ष लाग्ने पनि अनुसन्धानकर्ताहरुले बताएका छन् ।  तर चुरोट छोड्नेवित्तिकै दिमागमा निको हुने प्रक्रिया स्वतः सुरु हुने पनि दाबी गरिएको छ ।

मोलिक्युलर साइक्याट्रिक जर्नलमा प्रकाशित सो अध्ययन अनुसार धूमपान, दिमागी तीक्ष्णतामा ह्रास र डिमेन्सिया (भुल्ने रोग)बीच गहिरो सम्बन्ध हुन्छ । अनुसन्धानकर्ताले औसत ७३ वर्ष उमेर पुगेका पाँच सय पुरुष र महिलाको दिमाग अध्ययन गरेका थिए । आधाभन्दा बढी सहभागी लामो समयदेखि चुरोट पिइरहेका व्यक्ति थिए भने बाँकी वर्षाैंसम्म चुरोट पिएर अहिले छोडेका तथा कहिल्यै पनि चुरोटको आदत नगरेका थिए ।

चुरोट कहिल्यै नपिउनेको दिमागको पत्र बाक्लो पाइएको थियो भने पिउनेको पत्र निकै पातलो देखिन्थ्यो । त्यस्तै केही वर्षअगाडि चुरोट छोड्ने व्यक्तिको दिमागको पत्र अहिले खाइरहने व्यक्तिको तुलनामा केही बाक्लो देखिन्थ्यो । तर लामो समयसम्म चुरोट खानेहरुको दिमागको पत्र निकै पातलो भएको पाइएको थियो । दिमागको पत्र पातलो भएसँगै चुरोट पिउनेको स्मरण हराएको पनि अध्ययनमा पुष्टि भएको थियो ।

‘कोर्टिकल रिकोभरी हुन केही साता लाग्छ । तर त्यो उनीहरुले पिउने चुरोटको मात्रामा भर पर्छ,’ अनुसन्धान टोलीले भनेको छ । अध्ययन टोलीका नेता प्राध्यापक इअन डियरी भन्छन्, ‘चुरोटको मात्र बढी भएसँगै दिमाग कमजोर हुने शतप्रतिशत सत्य हो । तर बीचमै चुरोट त्यागेमा दिमागको रिकोभरी पनि हुन्छ । मानिसले पिएको चुरोटको मात्राअनुसार रिकोेभरी समय लामो वा छोटो हुन सक्छ ।’
 – स्वास्थ्य खबर पत्रिकाबाट 

कुन उमेरमा र कस्ताे महिलाले कुन गहना लगाउँदा राम्री देखिन्छन् ?

women

  तपाईँ गहना किन्न बजार जादै हुनुहुन्छ भने तपाईँल‍ाई गहना सम्बन्धि अाधारभूत कुराकाे जानकारी हुन अावश्‍यक हुन्छ । जस्ताे कुन उमेर, कस्ताे फेसकट, उचाइ, माेटाइँ अादि । यी कुरालाई ध्यानमा राखेर तपाईँले गहना किन्नु भयाे भने तपाईँलाई अाकर्षक देखिनुहुन्छ भने जस्ताे पायाे...

क्वाँटीका १५ फाइदा यस्ता छन् 

kwati

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो । २. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ । ३. यसले बूढो हुने गति मन्द पार्नुको साथै...

मुखभित्र स्वास्थ्य छ भने योग गरेर ठिक गर्न सकिन्छ 

bad-breathe

मुखभित्र घाउ हुने मुखभित्र श्लैष्मिक आवरण, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ । यस्तो घाउ स–सानो एक वा धेरै मात्रामा आउन सक्छ भने समस्या बढेर जटिल भई घाउ ठूलो र गहिरो भएर खानबोल्नै नहुने किसिमले दुख्ने,...

निराेगी बन्न चाहानुहुन्छ भने यसाे गर्नुहाेस्

बिहान के गर्ने ? दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । त्यसैले जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप सुरु गर्नु उत्तम हुन्छ । चाँडो सुत्ने, चाँडो उठ्ने गर्नाले मान्छेलाई स्वस्थ, धनी, बुद्धिमानी बनाउँछ  भन्ने उखानै पनि छ ।...