Dabali News

Ad

अपडेटः राकम कर्णाली दुर्घटनाको दर्दनाक १० फोटो, मृतकको नामसहित  

३१ जेठ

राकम (दैलेख) । राकम दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । कालिकोटको जितेबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस अाठबीस नगरपालिकको राकम कर्णालीस्थित भेल्तडीको नैनेल मन्दिर नजिकै दुर्घटना भएको हो ।

स्थानीय व्यपारी भीम रावलका अनुसार मन्दिर नजिकैबाट बस २ सय मिटर तल कर्णाली नदी किनारमा खसेको थियो । बसमा सवार ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी ८ पुरुष, २ महिला र १ नावालकको ज्यान गएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेव-विनायक नगरपालिका सिंह नेपाली, रुपा नेपाली, भैरवस्थान धिरेन्द्र बीसी, कालिकोटको राजकोट नगरपालिका- ६ का युवराज शाही,शान्नि त्रिवेणी गाउँपालिका सुनिल शाही, रासकोट नगरपालिका- ५ का धर्मराज शाही, प्रकाश शाही, कविता शाहीको सनाखत भएको छ ।

बाँकी ३ जनाको सनाखत हुन सकेको छैन ।

  • फोटो कमल क्षेत्रि
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]