Dabali News

Ad

मरिणखोलेले ल्याए ‘अंगुलीमाल’ महाकाब्य

२५ जेठ

काठमाडौं । महाकाब्यकार उमानाथशास्त्री सिन्धुलियको औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनका चेला भोजराज ढकाल ‘मरिणखोले’ द्वारा लिखित ‘अंगुलीमाल’ महाकाब्यको लोकार्पण गरिएको छ ।

प्रमुख अतिथि प्राध्यापक फाल्गुणी शर्मा तिमल्सिना, कवि अंजुल. कथाकार भाईदाजु र जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले उक्त महाकाब्य संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रममा उमानाथ शास्त्रीको जन्मजयन्तीमा चेला मरिणखोलेले महाकाव्यको उपाहर दिएको भन्दै सहभगीहरुले प्रशंसा गरेका थिए।

शिक्षाविद् मनोहर शर्मा खतिवडाले महाकाव्यका केही पंक्तिहरु बाचन गरेर सुनाएका थिए । कार्यक्रममा विभिन्न सर्जकले आफ्नोआफ्नो सिर्जना वाचन गरेका थिए । लामो समय शिक्षण पेशामा संलग्न रहेका भोजराजले आफ्नो पहिलो कृतिका रुपमा ‘अंगुलीमाल’ महाकाब्य लिएर पाठकमाझ आएका छन् ।

प्रशिद्ध पात्र अंगुलीमाललाई केन्द्रमा राखेर त्यसमा छन्द, प्रकृति बर्णन, रसमयता, द्वन्द्व संघर्ष आदिलाई समावेश गर्दै असल बिउ छर्ने प्रयत्न यस महाकाब्यमा गरिएको प्राज्ञ डा. जिवेन्द्रदेव गिरीले बताए कृतिमा उल्लेख गरेका छन् ।

नेपाली संस्कृतिमा रहेको विभिन्न संस्कार, चाडपर्व, कृषि कर्म, विद्याध्ययन, ऋणिमुनी परम्परा आदिको विस्तृत बर्णनसहित माडबक कसरी अंगुलीमाल बन्नपुगे र बुद्धबाट शिक्षा पाएर नयाँ बाटो अंगाल्न पुगे भन्ने मर्मस्पर्शी काब्य प्रवाह कृतिमा समेटिएको छ ।

कृति २१ सर्गमा समेटिएको छ, सार्दूल विक्रिडित, मन्दाक्रान्ता, अनुस्टुप, मालिनी, कुशुमविचित्रा, मणिमाला, अस्वललिता, भद्रकलगायतका छन्द प्रयोग गरिएको महाकाब्यमा तत्कालीक भौगोलिक परिवेश, ग्रामिणजनबाट प्राप्त हुने आत्मियता, मान्छेले अंगाल्ने आँटबाट हुने उपलब्धि,  प्राचिन शिक्षा प्रणाली र गुरु शिष्य परम्परा आदिबारे जानकारी लिन सकिन्छ ।

सिन्धुलीको कमलामाई–१ गुराँसेमा जन्मे, हुर्केका महाकाब्यकार मरिणखोलेले अंगुलीमालमार्फत समाजलाई गहकिलो कृति पस्केका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]