Dabali News

Ad

एमपी सुब्बाको निर्देशन ममता राईले ‘फूलै राखी’ बिन्ती गरेपछि…

२० जेठ

काठमाडौं ।

गायिका ममता राईले ‘ममता–२’ एल्बम भिडियाेसहित बजारमा ल्याएकी छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एल्बमको विमोचन गरियो । एल्बमको ‘फूलै राखी’ गीतमा भिडियो समेत तयार पारिएको छ ।
उक्त भिडियोलाई प्रमुख अथिति वरिष्ठ गायिका मिरा राणाले सार्वजनिक गरिन् । एल्बममा ६ वटा गीत अटाएका छन् ।

म्यूजिक भिडियोको निर्देशन पत्रकार एमपी सुब्बाले गरेका छन् । भिडियोमा निशा पोमु र रुकमान लिम्बूको मुख्य अभिनय रहेको छ ।
कार्यक्रममा संगीतकार शान्तिराम राई, गायक तुलसी पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

आफ्नो मेहनतलाई संगीतप्रेमीहरुले मन पराउने विश्वास लिएको गायिका ममता राईले बताइन् । गीत भुपाल राई, रुद्रकुमार राई, इन्द्र जि.जि.बि.सा. शिवसंगम राई र धु्रवसत्य परियार लेखेका छन् ।

संगीत शिवसंगम राई, उत्तमजंग लिम्बू, खगेन्द्र यक्खो र बि.बि अनुरागीले संगीत भरेका छन् । ‘फूलै राखी’ गीतमा स्वर राजेशपयाल राई र ममताले संयुक्तरुपमा स्वर दिएका छन् । सिरै फूल मेरो, तिमी मेरो, यो कमलमुखी, लेखमा फुल्ने तोरीबारी, हाकुपटासी म हाँसु की सहित ६ वटा गीत रहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]