Dabali News

Ad

अनुषाले जितिन् ‘मिस एसईई आइडल २०१७’ को उपाधि

७ जेठ

काठमाडौँ । ‘पेन्टागन मिस एसईई आइडल २०१७’ प्रतियोगिताको उपाधि अनुषा राईले जितेकी छन् ।

ट्रिनिटि माकेटिङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा गरेको प्रतियोगीतामा करिब एक महिना लामो प्रशिक्षणपछि राष्ट्रिय नाच घर जमलमा अयोजित प्रतियोगितामा अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

त्यसैगरी फर्स्ट रनर अपमा रोशिक थापा, सेकेण्ड रनरअपमा सेलिना महर्जन र थर्ड रनरअपमा रुबी कक्षपति बन्नसफल भएका थिए ।
अन्य विविध उपाधि अन्तर्गत भिउर च्वाईस र मस्ट ट्यालेन्टेड अनुषा राइ, मिस फोटोजेनिकमा रुबी शाही, मिस फ्रेन्डली र पब्लिक च्वाईसमा रुबी कक्षपति, मिस बबली लोरिश गुरुङ, मिस क्याट वाल्क बर्षा घोरासैनी, बेस्ट स्माइल जेसिका शाही, बेस्ट पर्सनालिटी दैशा श्रेष्ठ, मिस डिसिप्लिन श्रेया श्रेष्ठ, मिस पन्चुअल पुजा सिवाकोटी, बेस्ट हेयर सुष्मिता कार्की, बेस्ट ड्रेस सेलिना महर्जन, मिस कन्पिÞmडेण्ट रोशिक थापा, मिस इन्टरटेनर अमिषा गुरुङ, बेस्ट फिगर सामाना घिमिरे घोषित भए ।

कार्यक्रमको कोरियोग्राफर नमिता भण्डारीले गरेकी थिइन् । नब प्रतिभाहरुलाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराई तथा एसईई एक्जाम दिएर बसेका विद्यार्यीहरुलाई व्यबसायी मोडल बनाउन आफुहरुले आयोजना गर्दै आएको आयोजक संस्थाका अध्यक्ष सावित्री ढुंगानाले बताइन् ।

उक्त प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमात्री बर्षा राउत, कोरिग्राफर, समाजसेवी रेखा अर्याल,बिशाल पाण्डे, पवन शाक्य, ओम शंकर श्रेष्ठ र मेकअप आर्टिस्ट टेकराज पाण्डे रहेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]