Dabali News

Ad

राजधानीमा टासीदले थाङ्का तथा फोटो प्रदर्शनी

१३ बैशाख

काठमाडौं ।

राजधानीमा तिब्बती टासीदले थाङ्का तथा फोटो प्रदर्शनी सुरु भएको छ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की तथा नेपालका लागि चिनिया राजदूत यु होङले पाटन दरवार संग्रहालयमा सो प्रदर्शनीको सुभारम्भ गरेका हुन् ।

सुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले नेपाल र चीन सदियौं देखिका असल मित्र भएको बताए । चीनको स्वायत्त प्रदेश तिब्बत तथा नेपाली जनताबीचको सम्बन्ध हालका बर्षहरुमा अझ घनिष्ठ र मजबुत हुँदै गएको कार्कीको भनाई थियो ।

टासीदले थाङ्का तथा फोटो प्रदर्शनीद्वारा दुई देशका जनताबीचको सम्बन्ध अझ निकट र प्रगाढ हुने र नेपाली जनताले चीन र तिब्बती जनताबारे अझ बढि जान्न पाउने विश्वास व्यक्त गरे । साथै मन्त्री कार्कीले प्रदर्शनीको माध्यमबाट दुई देशबीचको व्यापार, पर्यटन तथा संस्कृति र सहकार्यमा प्रवद्र्धन हुने समेत बताए ।

सुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदूत यु होङले थाङ्का तिब्बती संस्कृति कलाको चित्रकलाको रुप भएको जानकारी दिँदै यस्को विशिष्ठ परम्परा र राष्ट्रिय पहिचान रहेको बताईन् । तिब्बती थाङ्का कलाले हजारौं वर्षको संस्कृति र विकासको क्रममा नेपालको चित्रकलाको रुपलाई समेत अंगालेको बताईन् ।

प्रदर्शनीले नेपाली जनतालाई तिब्बतको विकास र तिब्बती संस्कृतिलाई बुझ्ने ढोका खोलेको पनि राजदूत यु होङले बताईन् । यस पटकको प्रदर्शनीले नेपाल र चीनका थाङ्का कलाकारहरुबीचको आदान प्रदानमा ठूलो अवसर प्रदान गरेको बताईन् ।

राजदूत यु होङले सन् २०१६ मा नेपाल र चीनको संस्कृति मन्त्रालयले संयुक्त रुपमा नेपालमा आयोजना गरेको सातौं चिनिया उत्सवले परिणाममुखी सफलता प्राप्त गरेको जानकारी समेत दिईन ।

कार्यक्रममा बोल्दै तिब्बत स्वायत्त प्रदेश संस्कृति विभागका उपमहानिर्देशक लोङ् च् काङले नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बतबीच ऐतिहासिक कालदेखि प्रगाढ सम्बन्ध रहँदै आएको बताए ।

अन्तराष्ट्रिय क्षेत्रमा जस्ता सुकै परिवर्तनहरु भए पनि हिमाल, पहाड र नदीहरुले जोडिएका नेपाल र चीनबीच स्वस्थ र प्रगाढ सम्बन्ध रही आएको बताउदै दुवै मुलुकबीच सहयोग आदान प्रदान र बलियो मित्रताले निरन्तरता पाउँदै आएको पनि बताए ।

तिब्बत इतिहासकै अत्यन्त सम्पन्न र विकसित अवस्थामा आईपुगेको जानकारी गराउँदै उपमहानिर्देशक लोङ्ले थाङ्का प्रदर्शनीले तिब्बत र नेपालको सांस्कृति आदान प्रदानमा मद्दत मिलेको र दुई मुलकका जनताबीचको सम्बन्धलाई अझ राम्रो बनाउने विश्वास व्यक्त गरे ।
अरनिको समाजको सक्रियतामा सुभारम्भ भएको थाङ्का प्रदर्शनीमा २० थान थाङ्का र ३० वटा फोटो राखिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]