Dabali News

Ad

‘गुगल ब्वाई’ कौटिल्य आज नेपाल आउँदै

१० चैत्र

काठमाडौं । अद्‍भुत क्षमताका धनी भारतमा गुगल ब्वाई भनेर चिनिएका कौटिल्य पण्डित नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् ।

कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ । उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् ।

कौटिल्यलाई ल्याएर प्रस्तुत गरिने कार्यक्रमबाट नेपाली बालबालिकालाई प्रेरणा मिल्नुको साथै नयाँ ज्ञान हुने आयोजक हाइल्यान्ड इन्टरटेनमेन्टका अध्यक्ष सुर्दशन गैरापिप्लेले बताए । नेपाललाई विश्वसामु चिनाउन कौटिल्यबाट ठूलो टेवा पुग्ने उनको दावी छ ।
बिहीबार काठमाडौँ पुग्ने कौटिल्यले शुक्रबार पशुपतिनाथको पूजा गर्नेछन् ।

कौटिल्यको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार दिएको थियो । उनलाई पूर्वमुख्य मन्त्री भुपेन्दरसिंह हूडाले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यतिखेर उनलाई दिइएको प्रमाणपत्रमा भएको गल्ती कौटिल्यले औंल्याएका थिए ।

काशी विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो । उनी ५ बर्षको उमेरमै भारतीय नायक अमिताव बच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए ।

यस्तो छ कौटिल्यको नेपाल कार्यक्रम

२०७३ साल चैत्र १० गते

  • एयरपोर्टमा लिन जाने समय बिहान ११ बजे
  • एयरपोर्टबाट इन्डियन एम्बेसीमा लिएर खाना आदिको व्यवस्थाको समय दिउँसो १२ बजे

२०७३ चैत्र ११ गते

  • पशुपतिको पुजा दर्शनको व्यवस्थाको समय
  • इन्डियन एम्बेसीबाट मन्दिर जाने समय ७ बजे
  • पशुपति महादेवको पूजाको समय ८ बजे
  • पूजा सकेर होटल जाने समय ११ बजे

२०७३ चैत्र १२ गते

राष्ट्रिय सभागृह

  • कार्यक्रममा जाने समय १० बजे
  • कार्यक्रम सुरु हुने समय ११ बजे
  • कार्यक्रमको समय ११ः३० बजे
  • कार्यक्रम समापन हुने समय ३ बजे
  • कार्यक्रम बाट होटल जाने समय ३ः३० बजे

२०७३ चैत्र १३ गते

घुम्न जाने ठाउँहरु

  • पलाञ्चोक भगवती मन्दिर (काभ्रेपलाञ्चोक
  • कुशेश्वर महादेव मन्दिर (सिन्धुली)
  •  काठमाडौंका विशेष ठाउँहरु
  •  पोखरा
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]