Dabali News

Ad

डा. मशहुर गुलाटी र कपिल शर्माबीच प्लेनमै कुटपिट

टिभी स्वाे चलाएर मिडियामा छाएका कपिल शर्मा अर्को एक घटनाका कारण विवादमा आएका छन्।

उनले आफ्नो कमेडी शोमा सुनिल अर्थात ‘डा. मशहुर गुलाटी’लाई अस्ट्रेलियाबाट फर्किने क्रममा अपशब्द प्रयोग गर्दै हातपात गरेपछि यस्तो हुन पुगेको हो। भारतीय संचारमाध्यमका अनुसार कपिलले त्यतिबेला रक्सीले मातिएका थिए। कपिलको सो हर्कतलाई नियन्त्रण गर्न प्लेनका कर्मचारी नै आउनुपरेको थियो।

कपिलले त्यस्तो गरे पनि उनका सहकर्मी साथी कलाकार सुनिल ग्रोभरले कपिलले मातेर गरेको हर्कतका लगि अन्य यात्रुसँग माफी मागेका थिए। घटनाका बारेमा कपिल तथा सुनिल स्वयंमले कुनै प्रतिक्रिया जनाएका छैनन्।

झगडापछि सुनिलले कपिलको शोमा काम नगर्ने मनस्थिति बनाएको पनि भारतीय मिडियाले आफ्नो समाचारमा उल्लेख गरेका छन्। आफ्नी लामो समयदेखिकी प्रेमिका गिन्नी चतरथलाई ट्विटरबाट सार्वजनिक गरेर उनि भारतीय मिडियामा चर्चित हास्यँ कलाकार बन्न पुगेका छन्

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]