Dabali News

Ad

कुमार-कुमारी बन्ने प्रतिस्पर्धाले जापानमा सन् ३७६६ मा एक जना मात्र जीवित !

५ चैत

काठमाडाैं ।

एउटा सर्वेक्षणले जापानमा मानिसको अस्तित्व नै समाप्त हुने देखाएको छ । तोहाकु विश्वविद्यालयका शोधकर्ताहरुले गरेको शोधले जापानमा प्रलयको आँकलन गरेको छ ।

त्यो संकट अरु केही नभएर यौन इच्छाका कारण अाउँने भएको हो । जापानीहरुबीच विवाहप्रतिको वितृष्णा र भर्जिनको प्रतिस्पर्धाले मानिसको अस्तित्व संकटमा पुग्ने अनुमानग गरिएको हो । जापानीहरु कामको व्यस्ततालाई यौन इच्छामा कमी भनिएपनि यो कुमार र कुमारी बन्ने प्रतिस्पर्धाको प्रभाव हो ।

जापान फैमिली प्लानिंग एशोसिएसनको सर्भेका अनुसार, १६ देखि २४ गर्षका ४५ प्रतिशत जापनी महिलाहरुमा का बारेमा कुनै रुचि नै छैन । एक अर्को सर्वेक्षणमा १८ देखि ३४ वर्षको ७० प्रतिशत अविवाहित पुरुष र ६० प्रतिशत अविवाहित महिलाहरुमा यौन सम्वन्धमा रुची छैन । यसमा पनि ४२ प्रतिशत पुरुष र ४४.२ प्रतिशत महिलाहरुले आफुलाई भर्जिन बताएका छन् ।

यो सर्वे जापानको न्याशनल इन्टिट्युट अफ पपुलेशन एण्ड सोसल सिक्युरीटी रिर्सचले गरेको थियो । यो सर्वे हरेक ५ वर्षमा गर्ने गरिन्छ । संगठनले १९८७ मा जब सेक्स र सम्बन्धको मुद्धामा सर्वे गरेको थियो । त्यतिबेला ४८.६ पुरुष र ३९.५ प्रतिशत महिला अविवाहित थिए ।

सन् २०१० मा गरिएको सर्वेमा ३६.२ प्रतिशत पुरुष र ३८.७ प्रतिशत महिलाले आफु भर्जिन भएको स्वीकार गरेका थिए । यो पटक गरिएको सर्वेमा भने विवाह भइसकेका थियो उनीहरुको बच्चा पनि निकै कम संख्यामा देखिएको छ ।

यही अवस्था रहे सन् ३७६६ को अगस्त १६ मा जापानमा एकजना मात्रै जीवित अनुमान गरिएको छ । यो अनुमान देशको घटदो प्रजनन दर र बुढाहरुको आबादीमा आधारित छ ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]