Dabali News

Ad

सिंहदरबारभित्र पार्किङ अराजकताका तीन दृश्य

२२ फागुन

काठमाडौँ ।

यो सिंहदरवार हो । देशको प्रशासनिक मुख्यालय । यहाँ नीति निर्माण बनाउने मात्र होइन कार्यान्वयन गराउने निकाय पनि हो । आफूले बनाएको नीति–नियमहरु कार्यान्वयन भए नभएको अनुगमन पनि यहीबाट हुन्छ ।

सिंहदरबारमा सर्वसाधारणलाई सहज प्रवेश छैन । यहाँ राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, नेताहरु, मन्त्रालयका कर्मचारीहरु, सुरक्षाकर्मी, सहयोगी, अगुवा–पछुवा, कुटनीतिक निकाय, संवैधानिक निकाय, नेपाल बार एशोसिएशनबाट मान्यता प्राप्त कानुन व्यवसायी, पत्रकार र पहुँचवालाहरुलाई मात्र सहज प्रवेश छ । राज्य संचालन अगुवाहरु पनि उनिहरु नै हुन् ।

यहाँभित्र कुसीमा बस्नेहरु र वरीपरी घुम्नेहरु किन आउँछन् ? के गर्छन ? भन्ने कुरा देशको अहिलेको अवस्थाले देखाएको छ ।

दृश्य १ः सिंहदरबारको मुख्य गेटबाट प्रवेश गरेर सिधै अगाडि वन तथा भू–संरक्षण मन्त्रालय आउँछ । त्यसको अलि अगाडि एउटा अनुरोध पाटी छ । त्यहाँ दुई बुँदे सूचनाको पहिलो बुँदामा, ‘सिंहदरबार परिसरभित्र तोकिएको स्थान बाहेक सडक तथा फुटपाथमा जाथाभावी पार्किङ नगरौँ, सिंहदरबारभित्र आउनु हुने महानुभावहरुले फुटपाथ तथा जेब्रा क्रसिङ्कको प्रयोग गरौँ’ लेखिएको छ ।

यो सूचना पाटी नजिकै तथा वन तथा भू–संरक्षण मन्त्रालय अगाडिको सडक फुटपाथमा बा.१६ च ६५९० नम्बरको भिआईपी गाडी पार्किङ गरिएको छ । त्यसको अर्को साइडको मोटरसाइकल पनि फुटपाथमै पार्किङ गरिएका छन् ।

दृश्य २ः यो शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अगाडिको दृश्य हो । यहाँपनि सरकारी र निजी गाडीहरु सडक दायाँबायाँ लाइनै लगाएर फुटपाथमा पार्किङ गरिएका छन् । मानिसहरु हिड्ने ठाउँ नै छैन । मानिसहरु बीच सडकबाट हिड्न बाध्य छन् ।

दृश्य ३ः सिंहबारको मुख्या सडक दायाँबायाँ सरकारी र कुटनीतिक नियोगका गाडीहरु फुटपाथमै पार्किङ गरिएका छन् । यहाँ पनि मानिसहरु फुटपाथमा हिड्न नपाएर बीचबाटै हिट्न बाध्य छन् ।

सिंहदरबार बाहिर नियम मिच्नेलाई ट्राफिक प्रहरीले कारवाही गर्छ तर सिंहदरबारभित्रको अराजकतालाई कसले कारवाही गर्ने होला ?

  • फोटोः जय दाहाल
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]