Dabali News

Ad

पृथ्वी जत्रै सात ग्रह भेटिए

१२ फागुन

काठमाडौँ ।

खगोल शास्त्रीहरुले पृथ्वी जत्रै सात ओटा ग्रहहरु पत्ता लगाएका छन् ।

एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीकै जत्रो आकार भएका सात वटा नयाँ ग्रहहरु पत्ता लागेको दाबी वैज्ञानिकहरुले गरेका छन् ।
बीबीसीका अनुसार पृथ्वीबाट ४० प्रकाश वर्षको दुरीमा रहेका ती ग्रहहरु पत्ता लागेको घटनालाई पृथ्वी बाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महत्वपूर्ण खोज भनिएको छ ।

नयाँ पत्ता लागेका ग्रहमध्ये तीन वटा बस्न योग्य क्षेत्रमा छन् र त्यहाँ पानीको सतहपनि पाइएकाले जीवन सम्भव हुनसक्ने ठानिएको छ ।
‘मिल्की वे’ तारापुन्जको ‘ट्रयापिस्ट वान’ नाम गरेको उक्त तारालाई परिक्रमा गरिरहेका ती ग्रहहरु अमेरिकी अन्तरिक्ष निकाय नासाले दूरदर्शक यन्त्र टेलिस्कोप र पृथ्वीबाट गरिएका अवलोकन विधिबाट पत्ता लगाएको हो ।

म्यासाचुसेष्टस इन्स्टिच्युट अफ टेक्नोलोजीकी ग्रह सम्बन्धी विज्ञानकी प्राध्यापक सारा सिगरले पछिल्लो खोज निकै महत्वपूर्ण भएको बताइन् ।
“यो खोजसँगै हामीले पृथ्वी बाहिर बस्न योग्य क्षेत्र र जीवन खोज्ने दिशामा एकदमै ठूलो फड्को मारेका छौँ किनभने एउटा मात्र ग्रह नभइ धेरैवटा ग्रह पत्ता लागेको छ, त्यही भएर हामीसँग अब मौका र सम्भावना पनि धेरै छ” उनले भनिन् ।

अहिले उपलब्ध प्रविधि अनुसार पृथ्वीबाट ती ग्रहहरुसम्म पुग्न कयौँ लाख वर्ष लाग्ने वैज्ञानिकहरुले बताएका छन् । नासाको पछिल्लो तथ्याङ्कले अहिलेसम्म ३ हजार ४ सय ४९ वटा ग्रहहरु पत्ता लागिसकेको देखाउँछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]