Dabali News

Ad

नयाँ जीवनका बालबालीकालाई निःशुल्क दन्त परिक्षण

७ फागुन

काठमाडौं ।

‘नयाँ जीवन नेपाल’द्वारा संचालीत बौद्धिक अपाङ्गता संरक्षण केन्द्र जोरपाटीका करिब दुई दर्जन बालबालिकालाई शनिबार निःशुल्क दन्त रोग परिक्षण भएको छ ।

डाक्टर रजिना प्रधानले बालबालिकालाई ब्रस र मञ्जन सहित दन्त रोग परिक्षण गरेको सो केन्द्रका अध्यक्ष राजन खनालले बताएका छन् ।
अध्यक्ष खनालका अनुसार डाक्टर प्रधान समाज सेवि धारणा भएकी र उनले यस्ता बालबालीकालाई सेवा गर्दै आएको बताउँदै अब नयाँ जीवन नेपालमा निरन्तरता दिने प्रतिबद्धता पनि गरेको जानकारी दिए ।

New Life Nepal

विगत तीन बर्ष देखि सञ्चालित सो केन्द्रमा करिब एक दर्जन जिल्लाका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले स्याहार तथा तालिम पाईरहेको जानकारी अध्यक्ष खनालले अनलाइन डबलीलाई बताए ।

सो स्याहर केन्द्रमा भएका दुइ दर्जन बालबालिकाहरुमा विभिन्न किसिमको बौद्धिक समस्या मात्र नभई उनिहरुले विभिन्न किसिमका शारीरिक समस्या पनि झेलिरहेको अध्यक्ष खनालले बताए ।

नितान्त सेवामुलक त्यसमा पनि बौद्धिक अपाङ्गता भएका बालबालीका सम्बन्धी कार्य जटिल भएको र यस कार्यमा डाक्टर रजिना जस्तै धेरै युवायुवतीले सहयोगी हातहरु बढाएकोमा उत्साह थपिएको सो संस्थाका उपाध्यक्ष धर्मलामाले बताए । उनले थपे “हामीलाई अझै राम्रो कार्य गर्न यस्तै उत्साहीत युवा युवतिले साथ दिनुहुने छ भन्ने विश्वास पनि छ ।”

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]