Dabali News

Ad

साहश भट्ट को लयमा ‘व्यथा निकै छ’ सार्बजनिक – भिडियो सहित

३ फगुन

काठमाडौं ।

देशको राजनैतिक अस्थिरता र युवा स्वरोजगारको सुव्यवस्थ सुनिश्चित नहुँदा दिन प्रतिदिन् कयौं नेपालीहरु विदेशिन बाध्य बनिरहेका छन् । यसरी दास्रो मुलुक पुगेर पनि सोचे जस्तो हुने र मेनपावरले भने जस्तो काम पाउने भए धेरै नेपालीहरु विभिन्न दर्दनाक घटना घट्नबाट बन्चित हुने थिए होला ।

यहि मुख्य भावलाई बोकेर परदेशीहरुको यथार्थ कथावस्तुमा आधारित लोक दोहोरी गीत ‘व्यथा निकै छ’ बोलको गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले भरखरैै बजारमा ल्याएको छ ।

बजारमा आएको छोटो समयमा नै यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेको छ । न त प्यास लाग्दा पानि पिउन पाउने न त दुःख बिरामी हुँदा औषधि उपचार गर्ने आफन्त नै साथमा हुने यस्तै निकै पिंडादायी कथा वस्तु समेटिएको हुनाले यस गीत छोटो समयमा नै अत्यधिक प्रबाशी नेपाली सहित आम संगीत पारखिहरुको मनहरुको रोजाई बन्न सफल भएको हो ।

यो मात्र नभई कुनै दर्दनाक घटनामा परेर ज्यान गुमाएका र त्यहि लास बाकसमा प्याक भएर स्वदेश फर्केको यथार्थता पनि यस गीतमा चित्रण गरिएको हुँदा संगीत पारखिहरुको यस गीत प्रति उच्च रोजाई बनेको हो ।

मणिराज स्यान्ग्तानको प्रस्तुतिमा रहेको यस गीतमा संचारकर्मी एवंम सर्जक साहस भट्टको उत्कृष्ठ लयले यस गीतको यथार्थतालाई छर्लंग परेको छ । साहसले यस अगी पनि ‘मुटुको घाउ , भुल्नेलाई भुल्न सक्ने ओखती , तिम्ले दियौ व्यथा लगाएतका धेरै गीत संगीतमा लय सिर्जना गरेर नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै पहिचान स्थापित गरिसकेका छन् ।

प्रस्तुत गीतमा अहिलेका चर्चित गायक मौसम गुरुङ र बन्दना पाण्डेको सुमधुर आवाज सजिएको छ । गायक मौसमको पनि नेपाली सांगीतिक क्षेत्रमा एउटा उच्च पहिचान बनिसकेको अहिलेको अवस्थमा उनलाई अझै यस गीतले उचाइमा पुर्याउने छ भन्ने शंका गर्ने ठाउं छैन , किन कि उनले गाएको माया प्रीतिको गीत संगै यथार्थपरक थोरै मध्य यो गीत एक हो ।

 

साथै गायिका बन्दना पाण्डेले पनि यस भन्दा पहिला निकै उत्कृष्ट गीत संगीतमा आफ्नो कर्ण्प्रिय स्वर सजाईसकेकी छिन् । उनि द्वारा स्वर बद्ध गीत , भेटेर रुम्ला नि , निंगाली चोयाले , जोडी मिल्ने हाम्रै , दशैँ गीत खाली हातै आउनुस् भो बरु लगाएतका गीतहरु गाएर अशंख्य श्रोता तथा दर्शकहरुको मनको ढुकढुकी बनिसकेकी छिन् । यी सबै समायोजन मिलेको कारणले पनि यस गीतले छोटो समयमा अत्याधिक चर्चा बटुलेको हो ।

” व्यथा निकै छ ” बोलको गीतमा शब्द हाल प्रबासमा रहेका मणिराज तामाङको रहेको छ । गीतको कथावस्तु अनुसार बिन्ध्यबासिनी फिल्म्स प्रालिले म्युजिक भिडियोको पनि निर्माण गरिसकेको छ । भिडियोमा आशा खड्का र युबराज तामाङले, बाध्यताबस परदेशिएको कुनै आफ्नो आफन्त र त्यहि आफन्तको बियोग भित्रको पिंडालाई सहन नसकेर आफैले नै भोगे जस्तो गरेर उनिहरु द्वयले आफ्नो अभिनय मार्फत यस गीतको यथार्थतालाई प्रष्ट्याएका छन् । यस गीतको म्युजिक भिडियोमा कपिल लामाको निर्देशन , राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको छायांकन रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]