Dabali News

Ad

‘कुहिनूर’को पैसाले भूकम्पपीडित माझी गाउँमा अाधुनिक घर बनाउँदै स्वेता खड्का 

२९ माघ

सिन्धुपाल्चोक ।

स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठकी जीवनसाथी तथा अभिनेत्री श्वेता खड्काले गरिब माझी गाउँमा एकीकृत बस्ती बनाउने घोषणा गरेकी छन् ।

शनिबार सिन्धुपाल्चोकको ठुलोसिरुबारीस्थित माझी गाउँ पुगेकी खड्काले सुविधाजक एकीकृत बस्ती निर्माण गर्ने बताएकी हुन् । भूकम्प पीडित उक्त गाउँका ६३ परिवारको लागि अाधुनिक घर बनाइदिने घोषणाले टहरामा जीवन गुजरा गर्दै अाएको माझी गाउँमा खुशीयाली नै छाएको छ ।

उक्त बस्ती निर्माणको लागि श्वेताले केही अाफैले लगानी गर्ने र केही अरुले सहयोगको प्रतिवद्धता जनाएको बताउँदै छिट्टै काम सुरु गर्ने बताएकी छन् । उनले चलचित्र कुहिनूरबाट प्राप्त भएको रकम एकीकृत बस्ती निर्माणमा लगानी गर्ने बताइएको छ ।

यसअघि पनि श्वेताले कुहिनूर प्रदर्शन गरी भूकम्प पीडितलाई गरेकी थिइन ।  कुहिनूर कलाकार श्रीकृष्णको अन्तिम चलचित्र हो ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयले माझी गाउँमा भौगोलिक अनुगमन गरेर एकिकृत बस्ती बनाउन अनुमति दिइसकेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]