Dabali News

Ad

एनसेलबाट कर असुल्न सरकारलाई निर्देशन, संचारमन्त्रीदेखि प्राधिकरणका अध्यक्षसम्म मुछिए

२ माघ

काठमाडौं ।

 एनसेलसँग कर असुलीप्रति अानाकानी गरिरहेकाे सरकारलाई तीन महिनाभित्र सबै कर असुल गर्न सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिकाे अाइतबार बसेकाे बैठकले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आगामी तीन महिनाभित्र गत वर्ष एनसेलको मुख्य सेयर होल्डर रेनोल्ड होल्डिङ्सको सेयर बिक्री बापत भएको लाभकर निर्धारण गरि असुल गर्न निर्देशन दिएको हो ।

समितिले मन्त्रालयलाई कर निर्धारणका सम्बन्धमा भएका कामकारबाहीको जानकारी समितिलाई प्रत्येक महिना उपलब्ध गराउन पनि निर्देशन दिएको छ । समितिको बैठकले एनसेलको सेयर बिक्रीमा लाग्ने करको विषय अन्तर्राष्ट्रिय करको सन्दर्भ रहेकाले अर्थ मन्त्रालयको संयन्त्रको जिम्मेवारीका रुपमा लिई कर निर्धारण गर्नुपर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित अर्थसचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणी शर्माले करको विषयमा कर अधिकृतको भएको भन्दै पन्छिएका थिए ।

बैठकले गत जेठ १६ गते समितिले कर असुल नगर्ने निकाय र त्यसमा सम्लग्न अधिकारीलाई अनुसन्धान र छानविन गरी तीन महिनाभित्र प्रतिवेदन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएकोमा हालसम्म जानकारी प्राप्त नभएको तत्कालै जानकारी दिनका लागि फेरि अख्तियारलाई पत्र पठाउने निर्णय समेत गरेको छ ।

लेखा समितिको बैठकले फोरजी फ्रिक्वेन्सी विषमा पनि छलफल गर्ने निर्णय गरेकाे छ । एनसेललाई चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)को फ्रिक्वेन्सी दिने विषयमा भएका कामकारबाहीबारे अाशंका व्यक्त गर्दै छलफल गर्ने भएको हाे ।

अर्काे बैठकमा यस विषयमा छलफल गर्न सूचना तथा सञ्चार मन्त्री, सूचना तथा सञ्चार सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई बोलाउने निर्णय गरेको हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]