Dabali News

  • Ad

फागुनपछि विप्लव माअाेवादीकाे नाम नेपाल कम्युनिस्ट पार्टी 

biplav

२८ पुस 

काठमाडाैँ ।

नेकपा (माअाेवादी)ले महाधिवेशनपछि पार्टीकाे नाम परिवर्तन गर्ने प्रस्ताव गरेकाे छ ।

मंसिरमा सम्पन्न केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले पार्टीकाे नाम फेर्ने प्रस्ताव गरेका हुन् । उनले नेपालमा सच्चा कम्युनिस्ट पार्टी काेही नभएकाे र अाफ्नाे पार्टीलाई सिंगाे कम्युनिस्ट पार्टी बनाउनु पर्ने बताएका थिए ।

‘कम्युनिस्ट मनाेविज्ञानकाे प्रतिनिधित्व गर्ने पार्टी नेपालमा छैनन् । कम्युनिस्ट पार्टीहरु विभिन्न नाम र समूहमा विभाजित छन् । पार्टीलाई सिङ्गाे कम्युनिस्ट पार्टी बनाउनु पर्छ’ विप्लवकाे भनाइलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले अनलाइन डबलीसँग भने । विप्लवले बैठकमा पेश गरेकाे दस्तावेजमा नै पार्टीकाे नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राख्ने प्रस्ताव गरेका छन् ।

नाम परिवरर्तन गर्ने प्रस्ताव गरेकाे तर टुङ्गाे महाधिवेशनले लगाउने  ति केन्द्रीय सदस्यकाे भनाइ छ । विप्लवले महाधिवेशनकाे लागि तयार गरेकाे राजनीतिक दस्तावेज छलफलकाे लागि तल्लाे तहसम्म पुर्याएकाे छ । उनले नामबाट ‘माअाेवाद’ शब्द हटाएपनि पार्टीले मालेमावादलाई झन् दह्राेसँग अात्मासात गरेकाे बताए ।

फागनु १ गते जनयुद्ध दिवसकाे अवसरमा पारेर काठमाडाैँकाे उद्घाटन गरिने अाठाैँ महाधिवेशनकाे बन्दसत्र राेल्पाकाे थवाङमा सुरु हुने माअाेवादीले जनाइसकेकाे छ ।

अादिबासी जनजाति नेताहरुले भने-माओवादी केन्द्रमा बाहुनवाद हावी भयाे,अर्को जनयुद्ध आवश्यक

ucpnm

काठमाडौँ । माओवादी केन्द्र आवद्ध विभिन्न आदिबासी जनजाति नेताहरुले पार्टीमा बाहुनवाद हावी भएको भन्दै नेतृत्वको तीब्र आलोचना गरेका छन् । आइतबार काठमाडौँमा बसेको आदिबासी जनजाति महासंघको बैठकमा उनीहरुले नेतृत्वले संकटको बेलामा मात्र आफूहरुलाई उपयोग गरेको बताए । यो महासंघमा ३२ वटा समुदायगत...

काँग्रेस-एमालेका कर्मचारी विद्युत चोरीका कमाण्डर, कमिसन अध्यक्षसम्म

bidhyut chor

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील राजनीति संगठनका पदाधिकारी नै विद्युत चोरीमा संलग्न रहेको खुलेको छ । प्रहरीले एक महिनासम्म गरेको अनुसन्धानबाट मिटर बिगारेर कमिसन खाने गरेको रहस्य खुलेको हाे ।  मिटर बिगार्दै गरेकाे अवस्थामा नेपाल विद्युत प्राधिकरणका कार्यरत ट्रेड युनियनका पदाधिकारी रंगेहात...

संविधान संशाेधन मधेसी जनताकाे माग हाेइनः नेता नेपाल

madhav-nepal

पोखरा । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशाेधनकाे माग अाम मधेसी जनताकाे नभएकाे बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले साेमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्‍दै नेता नेपालले संसदमा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी...

प्रधानमन्त्रीले भने-कठोर निर्णय लिनसक्छु

pm-prachanda

काठमाडौं प्रधानमन्त्री प्रचण्डले जाेखिम उठाएरै भएपनि चुनावकाे मिति घाेषणा गर्ने सक्ने बताएका छन् । अाइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अाफूले धेरै पटक जाेखिम लिएर निर्णय गरेकाे भन्दै चुनाव मिति घाेषणा गर्ने बताएका हुन् । उनले माघ १५ गतेभित्र सरकारले चुनावको मिति...