Dabali News

Ad

ऊर्जामन्त्रीले भने-अब देशभर लोडसेडिङकाे अन्त्य

२८ पुस

सन्धीखर्क ।

ऊर्जामन्त्री जर्नादश शर्मा ‘प्रभाकर’ले देशभर लोडसेडिङको अन्त्य गर्ने तयारीमा भइरहेको बताएका छन् ।

बिहीबार अर्घाखाँची महोत्सवको सन्धीखर्कमा उद्घाटन गर्दै ऊर्जामन्त्री प्रभाकरले ‘अब देशभर नै लोडसेडिङ अन्त्य गर्ने तयारीमा ऊर्जामन्त्रालय लागिरहेको छ । थप उत्पादन र वितरणको कामलाई पनि सँगसँगै लगिने छ’ भने ।

कार्यक्रममा बोल्दै मन्त्री प्रभाकरले अर्घाखाँचीको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुनेगरी काम भईरहेको जानकारी समेत दिँदै पश्चिम सेती, नरसिङगाढ, शारदा, उत्तरगंगा, अरुण तमोर, बुढिगण्डकीलगायतका जलविद्युत परियोजना अगाडि बढेको बताए ।

एक अर्को प्रसंगमा बोल्दै मन्त्री प्रभाकरले संशोधन विधेयकलाई व्यवस्थापिका संसदमा मतदानको प्रकृयाबाट टुंगो लगाई चाँडै निर्वाचनको मिति तोक्न एमालेसँग सहमति भएको बताए । ‘सरकार सबै दलहरुबीच एउटा सहमति बनाएर अगाडि बढेको छ र अहिलेको अलमल चाँडै हट्छ’ उनले भने ।

  • फाइल फाेटाे
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]