Dabali News

  • Ad

नामकाे पछाडि ‘इन्टरनेशनल’ लेख्ने स्कूल-कलेज अखिल क्रान्तिकारीकाे निसानामा 

buss

२८ पुस 

दाङ ।

नामकाे पछाडि ‘इन्टरनेशनल’ शब्द झुण्ड्याउने स्कूल-कलेजमाथि अखिल क्रान्तिकारीले छानविन गर्ने भएकाे छ ।

नेकपा (माअाेकादि)निकट अखिल क्रान्तिकारिले त्यस्ता स्कूल-कलेजले अभिभावकलाई ठग्न इन्टरनेश्नल झुण्ड्याउने तर भाैतिक संरचना विद्यार्थीमैत्री नभएका र पढाईकाे स्तर न्यून भएकाे भन्दै त्यस्ता स्कूल-कलेजमाथि छानविन गर्ने बताएकाे छ।

अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले बिहीबार दाङकाे घाेराहीस्थित एक स्कूलकाे नाममा पछाडीकाे ‘इन्टरनेशनल’ शब्द कालाेले पाेतेर यस्ताे अभियानकाे सुरुवात गरेका छन् ।

सामान्य स्कूल-कलेजले अन्तर्राष्ट्रय स्तरका देखाउन इन्टरनेशनल  शब्द लेखेर अभिभावकलाई  लुट्दै अाएकाे अखिल क्रान्तिकारीकाे अाराेप छ । अभियानलाई देशव्यापी बनाउने अखिल क्रान्तिकारीले बताएकाे छ ।

अखिल क्रान्तिकारीद्वारा मालिका प्राविको परीक्षा कब्जा

dang

घोराही । नेकपा (माओवादी)निकट अलिख क्रान्तिकारी दाङले नियम विपरित परीक्षा संचालन गरेको भन्दै मालिका प्राविको परीक्षामाथि हस्तक्ष गरेको छ । सोमबार घोराहीस्थित रझेना स्कुलमा हुन लागेको परीक्षा कब्जामा लिएको अखिल क्रान्तिकारी दाङ जिल्ला संयोजक मदन केसीको बताए । केसीले एक विज्ञप्ति जारी...

क्रान्ति छाेडेर प्रचण्ड-बाबुराम विदेशीका तलुवा चाटिरहेका छन्ः विप्लव

biplav-prakask-chandra

काठमाडाैँ । नेकपा (माओवादी)का महासचिव विप्लवले प्रचण्ड-बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटिरहेकाे बताएका छन् । उनले प्रचण्ड-बाबुराम क्रान्तिबाट भाग्दैमा क्रान्तिकाे यात्रा नराेकिने समेत बताए । अख्तियारकाे पूर्व प्रमुख लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढाकाे अभिनन्द कार्यक्रममा अाइतबार बाेल्दै विप्वले दलाल...

लाेकमानलाई कालाेमाेसाे दल्ने प्रकाश-चन्द्रलाई विप्लवले सम्मान गर्दै

prakash-chandra

काठमाडाैँ । नेकपा (माअाेवादी)का महासचिव विप्‍लवले अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगका पूर्व प्रमखु अायुक्त लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढालाई सम्मान गर्ने भएका छन् । अखिल क्रान्तिकारीकाे अायाेजनामा अाइतबार (अाज) विहान ११ बजे काठमाडाैँकाे कमलादीस्थित प्रज्ञा भवनामा स्वागत तथा अभिनन्दन...

छुटे प्रकाश-चन्द्र, स्वागतकाे लागि हजाराैँ युवा सडकमा (फाेटाेफिचर)

prakash-chandra

काठमाडाैँ । अख्तियारका पूर्व प्रमुख अायुक्त लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढा जेलबाट छुटेका छन् । सर्वाेच्चभित्रै कालाेमाेसाे दलेर अदालतकाे अपहेलना गरेकाे भन्दै सर्वाेच्चले एक महिनाकाे जेल सजाय सुनाएकाे थियाे । एक महिना पूरा भएसँगै उनीहरु छुटेका छन् ।...