Dabali News

  • Ad

सरकार फेरबदल हुन्छः राणा

pasupati rana

२८ पुस

भक्तपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले मधेशी मोर्चा बिना कुनै निर्वाचन सम्भव नभएको बताएका छन् ।

रफत सञ्चार क्लबकाे कार्यक्रममा बोल्दै उनले संबिधान संशोधन गरि मधेसका जायज माग सम्बोधन नगरी गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नभएको बताए । संविधान संशोधनमा अंगिकृत नागरिकलाई नागरिकता उपलब्ध गराउने प्रावधान गलत भएको बताए जबराकाे धारणा थियाे । उनले नागरिकता सम्बन्धी प्रावधान खुकुलाे बनाइएकाे भन्दै असन्तुष्टि  समेत ब्यक्त गरे ।

स्थानीय निकायको निर्वाचन भई हाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउने तर्फ ध्यान जान नसकेको भन्दै उनले सीमांकनको बिषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताए ।

दोस्रो जनआन्दोलन पश्चात नेपालको राष्ट्रियता इतिहासमै कमजाेर भएको भन्दै राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रियताको सवालला लिएर नै एक भएको बताए । संबिधानमा धर्म निरपेक्षा राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्म प्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताए ।

सरकारमा अाफ्नाे पार्टीका अध्यक्ष सरकारमा जान लागेकाे जानकारी दिँदै राणाले सरकार फेरबदल हुने बताए ।

अादिबासी जनजाति नेताहरुले भने-माओवादी केन्द्रमा बाहुनवाद हावी भयाे,अर्को जनयुद्ध आवश्यक

ucpnm

काठमाडौँ । माओवादी केन्द्र आवद्ध विभिन्न आदिबासी जनजाति नेताहरुले पार्टीमा बाहुनवाद हावी भएको भन्दै नेतृत्वको तीब्र आलोचना गरेका छन् । आइतबार काठमाडौँमा बसेको आदिबासी जनजाति महासंघको बैठकमा उनीहरुले नेतृत्वले संकटको बेलामा मात्र आफूहरुलाई उपयोग गरेको बताए । यो महासंघमा ३२ वटा समुदायगत...

काँग्रेस-एमालेका कर्मचारी विद्युत चोरीका कमाण्डर, कमिसन अध्यक्षसम्म

bidhyut chor

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील राजनीति संगठनका पदाधिकारी नै विद्युत चोरीमा संलग्न रहेको खुलेको छ । प्रहरीले एक महिनासम्म गरेको अनुसन्धानबाट मिटर बिगारेर कमिसन खाने गरेको रहस्य खुलेको हाे ।  मिटर बिगार्दै गरेकाे अवस्थामा नेपाल विद्युत प्राधिकरणका कार्यरत ट्रेड युनियनका पदाधिकारी रंगेहात...

संविधान संशाेधन मधेसी जनताकाे माग हाेइनः नेता नेपाल

madhav-nepal

पोखरा । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशाेधनकाे माग अाम मधेसी जनताकाे नभएकाे बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले साेमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्‍दै नेता नेपालले संसदमा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी...

प्रधानमन्त्रीले भने-कठोर निर्णय लिनसक्छु

pm-prachanda

काठमाडौं प्रधानमन्त्री प्रचण्डले जाेखिम उठाएरै भएपनि चुनावकाे मिति घाेषणा गर्ने सक्ने बताएका छन् । अाइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अाफूले धेरै पटक जाेखिम लिएर निर्णय गरेकाे भन्दै चुनाव मिति घाेषणा गर्ने बताएका हुन् । उनले माघ १५ गतेभित्र सरकारले चुनावको मिति...