Dabali News

  • Ad

केटी केटा बनेकाे कुरा विवाहअघि मात्र थाहा भयाे, बलात्कारकाे अाराेपमा सात वर्ष कैद

rape-

२८ पुस

काठमाडाैँ ।

एउटा महिलाले अर्की महिलालाई बलात्कार गरेकाे सुन्दा विश्वास नलागेपनि घटना सत्य भएपछि विश्वास नमानी सुखै छैन । याे नेपालकाे अदालतले कानुनी इतिहासमा पहिलो घटना हाे । याे घटनाले महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ ।

जबर्जस्ती करणीसम्बन्धी मुद्दा जिल्ला अदालत सङ्खुवासभाकाे हाे । याे पुनरावेदन हुँदै सर्वोच्च पुगेकाे मुद्दाका अाराेपीलाई बलात्कारी ठहर गर्दै लाक्पा शेर्पालाई सात वर्षकाे कैद सजाय सुनाएकाे छ ।

गाेरखापत्र दैनिकका अनुसार नेपाल सरकार वादी भई लाक्पा शेर्पाविरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ। अदालतको ठहर अनुसार प्रतिवादी लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि सर्वोच्चले सुनाएको हाे ।

संयुक्त इजलासले मुलुकी ऐनसँगै लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो । फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुना (नाम परिर्वतन) प्रेममा थिए ।

प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए । दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट सङ्खुवासभा पुगेका थिए । लाक्पा र यमुनाको योजनाअनुसार नै विवाहको योजना अगाडि बढेको थियो ।

समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी हो । सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भयो । शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उनीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा चल्यो ।

फेसबुकबाट सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण,प्रहरी घटनास्थलमै पुग्याे

Facebook

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकबाट सामुहिक बलात्कारकाे प्रत्यक्ष प्रसारण गरियाे भन्दा विश्वास नलाग्न सक्छ । तर,अाइतबार तीन जना युवाहरुले एउटी युवतीलाई सामुहिक बलात्कार गरेकाे फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका छन् । याे घटना स्वीडेनका हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक...

ट्रम्पले चुनावी नारा पूरा गर्न सुरु गरे

5trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे चुनावी पूरा गर्न सुरुवात गरेका छन् । उनले ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिने निर्णय गरेका छन् । पूर्व राष्ट्रपति बराक अाेबामाकाे पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता भएकाे थियाे । ट्रम्पले टीपीपी...

२४ घण्टा नबित्दै हात्तीको अर्काे आक्रमण, बालिकाको मृत्यु

hatti

झापा । हात्तीले एकै गाउँमा २४ घण्टा नबित्दै अर्काे आक्रमणमा गरेकाे छ । साेमबार जंगली हात्तीकाे अाक्रमणमा परी भद्रपुर नगरपालिका–२ की १३ वर्षीया बालिका शर्मिला लिम्बूकाे ज्यान गएकाे छ । साेही ठाउँमा आइतबारकाे अाक्रमणमा परी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो । आइतबार...

अादिबासी जनजाति नेताहरुले भने-माओवादी केन्द्रमा बाहुनवाद हावी भयाे,अर्को जनयुद्ध आवश्यक

ucpnm

काठमाडौँ । माओवादी केन्द्र आवद्ध विभिन्न आदिबासी जनजाति नेताहरुले पार्टीमा बाहुनवाद हावी भएको भन्दै नेतृत्वको तीब्र आलोचना गरेका छन् । आइतबार काठमाडौँमा बसेको आदिबासी जनजाति महासंघको बैठकमा उनीहरुले नेतृत्वले संकटको बेलामा मात्र आफूहरुलाई उपयोग गरेको बताए । यो महासंघमा ३२ वटा समुदायगत...