Dabali News

  • Ad

कार्की र महतकाे मन्त्रीपद खाेसिदै, दुई उपप्रधानमन्त्री थपिँदै 

ram karki-prakash mahat

२८ पुस

काठमाडाैँ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारकाे तयारी गरिरहेका छन् । संसदमा टेबुल गरिएकाे संविधान संशाेधन प्रस्तावलाई पास गराउन मन्त्रिमण्डल विस्तारलाई माअाेवादी केन्द्र र नेपाली काँग्रेसले अनिवार्य ठानेका छन् ।

माअाेवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच अा-अाफ्ना पार्टीका एक-एक मन्त्रीलाई फिर्ता गर्ने सहमति भइसकेकाे बताइएकाे छ । राप्राप नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फाेरम लाेकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधानसहित उक्त मन्त्रालयकाे जिम्मेवारी दिने प्रचण्ड र देउवाले तयारी छ ।

स्राेतकाअनुसार सरकारकाे नेतृत्व गरेकाे माअाेवादी केन्द्रकाे काेटाबाट सूचना तथा संचारमन्त्री बनेका सुरेन्द्रकुमार कार्की र नेपाली काँग्रेसकाे काेटाका परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई फिर्ता बाेलाउने तयारी भइरहेकाे छ । थापा र गच्छदारलाई मन्त्रालयकाे राेज्न समेत भनिसकेकाे स्राेतकाे दाबी छ ।

थापा उपप्रधानसहित सूचना तथा संचार र गच्छदार उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने बढी सम्भावना छ । थापाले संचार राेजेपनि गच्छदारले परराष्ट्र मन्त्रालय समाल्न नसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले थापालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बन्न अाग्रह गरेका छन् ।

अाफ्नाे विदेश भ्रमण अगाडि नै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीकाे तयारी छ ।

अादिबासी जनजाति नेताहरुले भने-माओवादी केन्द्रमा बाहुनवाद हावी भयाे,अर्को जनयुद्ध आवश्यक

ucpnm

काठमाडौँ । माओवादी केन्द्र आवद्ध विभिन्न आदिबासी जनजाति नेताहरुले पार्टीमा बाहुनवाद हावी भएको भन्दै नेतृत्वको तीब्र आलोचना गरेका छन् । आइतबार काठमाडौँमा बसेको आदिबासी जनजाति महासंघको बैठकमा उनीहरुले नेतृत्वले संकटको बेलामा मात्र आफूहरुलाई उपयोग गरेको बताए । यो महासंघमा ३२ वटा समुदायगत...

काँग्रेस-एमालेका कर्मचारी विद्युत चोरीका कमाण्डर, कमिसन अध्यक्षसम्म

bidhyut chor

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील राजनीति संगठनका पदाधिकारी नै विद्युत चोरीमा संलग्न रहेको खुलेको छ । प्रहरीले एक महिनासम्म गरेको अनुसन्धानबाट मिटर बिगारेर कमिसन खाने गरेको रहस्य खुलेको हाे ।  मिटर बिगार्दै गरेकाे अवस्थामा नेपाल विद्युत प्राधिकरणका कार्यरत ट्रेड युनियनका पदाधिकारी रंगेहात...

संविधान संशाेधन मधेसी जनताकाे माग हाेइनः नेता नेपाल

madhav-nepal

पोखरा । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशाेधनकाे माग अाम मधेसी जनताकाे नभएकाे बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले साेमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्‍दै नेता नेपालले संसदमा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी...

प्रधानमन्त्रीले भने-कठोर निर्णय लिनसक्छु

pm-prachanda

काठमाडौं प्रधानमन्त्री प्रचण्डले जाेखिम उठाएरै भएपनि चुनावकाे मिति घाेषणा गर्ने सक्ने बताएका छन् । अाइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अाफूले धेरै पटक जाेखिम लिएर निर्णय गरेकाे भन्दै चुनाव मिति घाेषणा गर्ने बताएका हुन् । उनले माघ १५ गतेभित्र सरकारले चुनावको मिति...