Dabali News

  • Ad

मेस्सीको फ्रि–किक गोलले बार्सिलोनाकाे जित

messi

२८ पुस

काठमाडौँ ।

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएर समग्रमा ४–३ को जितसहित बार्सिलोना अन्तिम ८ मा पुगेको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पहिलो लेगमा एथ्लेटिको बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । घरेलु मैदान नाउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउने क्रममा एमएसएन अर्थात लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले एक एक गोल गरे ।

एथ्लेटिको बिल्बाओका लागि साबोरिट टेइसिडोरले एक गोल गरे । ३५ औं मिनेटमा स्वारेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो । ४८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै नेइमारले बार्सिलोनाको अग्रता दोब्बर पारे । ५१ औं मिनेटमा एथ्लेटिको बिल्बाओका टेइसिडोरले एक गोल फर्काए । ७८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए ।

मेस्सीले फ्रि–किक मार्फत गरेको गोल बार्सिलोनालाई अघिल्लो चरण र्पुयाउन महत्वपूर्ण बन्यो । मेस्सीले खेल जीवनको ३१ औं फ्रि–किक गोल गरेका हुन् । राति नै भएको खेलमा भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको रियल सोसिडाड समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा पुगेको छ । यस्तै कोर्डोबालाई २–१ ले हराएको एल्कोर्कोन पनि अन्तिम ८ मा पुगेको छ । यस्तै डिप्रोटिभोसँग दोस्रो लेगमा १–१ को बराबरी गर्दै समग्रमा ३–३ को बराबरी भएपछि अवे गोलका आधारमा एलाभेस अघिल्लो चरण पुगेको छ ।

फेसबुकबाट सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण,प्रहरी घटनास्थलमै पुग्याे

Facebook

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकबाट सामुहिक बलात्कारकाे प्रत्यक्ष प्रसारण गरियाे भन्दा विश्वास नलाग्न सक्छ । तर,अाइतबार तीन जना युवाहरुले एउटी युवतीलाई सामुहिक बलात्कार गरेकाे फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका छन् । याे घटना स्वीडेनका हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक...

ट्रम्पले चुनावी नारा पूरा गर्न सुरु गरे

5trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे चुनावी पूरा गर्न सुरुवात गरेका छन् । उनले ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिने निर्णय गरेका छन् । पूर्व राष्ट्रपति बराक अाेबामाकाे पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता भएकाे थियाे । ट्रम्पले टीपीपी...

ट्रम्पले सत्ता समालेपछि पहिलाे प्राकृतिक विपत्ती, १८ जनाको मृत्यु

USA

काठमाडाैँ । अमेरिकका राष्ट्रपतिमा डाेनाल्ड ट्रम्पले पद समालेसँगै भिषण अाँधी बेहेरी अाएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अाँधीले जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति पुर्याएकाे छ । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । खराब मौसमसँगै आएको आँधीबेहरीका...

अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीबेहरी, १६ जनाको मृत्यु

aadhi

अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसम तथा आँधीबेहरीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ । जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् । जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी...