Dabali News

Ad

चन्द्रागिरिडाँडामा नाङ्नो नाच कहिलेसम्म ? संरचना ईआईए विपरित

२८ पुस

काठमाडौं ।

सरकार र राजनीतिक प्रभावमा पारी केही ब्यक्तिहरुले आर्थिक नाफाको लागि उपत्यकका सुन्दरतासँग जोडिएको चन्द्रागिरीडाँडालाई कूरुप बनाइरहेका छन् । उनीहरुले चन्द्रागिरी हिल्स नामको कम्पनी बनाएर वातावरणीय विनाश हुने गरी भौतिक संरचना निर्माण गरिरहेका छन् ।

सुरुमा फनपार्क बनाउने भन्दै अनुमति लिएर पछि चन्द्रागिरी हिल्स् बनाइएको कम्पनीले भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक अवयवमा खलल हुने गरी चन्द्रागिरीडाँडामा आफू खुशी भौतिक संरचना निर्माण गरिरहेको छ । जुन वातावरणीय प्रभाव मूल्यांकन विपरित हो ।

चन्द्रागिरीडाँडामा केबलकार, पाँचतारे रिसोर्ट, भ्यु टावर, मन्दिर, टप स्टेसन भवन, कन्फरेन्स हल र रेस्टुरेन्टलगायत संरचना निर्माणका लागि काठमाडौं फनपार्क परियोजनाको ‘वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय’ ले २०६९ भदौ २० मा ईआईए प्रतिवेदन स्वीकृत गरेको थियो तर २०७३ जेठ १५ देखि काठमाडौं फनपार्कलाई चन्द्रागिरि हिल्स लिमिटेड नाम राखेर निर्माण अघि बढाएको हो ।

चन्द्रागिरीले प्राकृतिक सम्पदामाथि नाङ्गो नाच देखाइरहेको छ । त्यसबारे नियमनकारी निकाय केही बोल्दैनन् । आजपासका बस्तीहरु पनि जोखिम्मा परेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad