Dabali News

Ad

कानूनी उपचार खोज्नु पर्ने अवस्था सिर्जना भयोः ज्ञवाली

२७ पुस

काठमाडौँ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले गरेको निर्णय अन्यायपूर्ण भएको भन्दै कानूनी उपचार खोज्नु पर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै ज्ञवालीले तत्कालिन सरकारले आफूलाई पाँच वर्षको लागि नियुक्त गरेको बताएका छन् ।

‘भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल पाँच वर्ष रहेको र प्रमुख कार्यकारी अधिकृतको पदमा मलाई मिति २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त ऐनको दफा ११ बमोजिम पाँच वर्षका लागि नियुक्ति गरेकोमा पुनर्निर्माण र पुनस्र्थापनाका कार्यलाई दु्रत गतिमा अघि बढाई भूकम्प पीडित जनतालाई न्याय गर्नका लागि समेत मन्त्रिपरिषद्बाट २०७३ साल पुस २७ गते भएको उक्त अन्यायपूर्ण निर्णय उपर कानूनी उपचार खोज्नु पर्ने अवस्था सिर्जना भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ ।

सरकारको निर्णयले समग्र पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरुलाई प्रभावित परेको समेत ज्ञवालीले दाबी गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकल ज्ञवालीलाई बर्खास्त गरी उनको ठाउँमा डा. गोविन्द्र पोखरेललाई नियुक्त गरेको थियो । यसअघि सरकारले उनीसँग दुई पटक स्पस्टिकरण समेत सोधेको थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com