Dabali News

Ad

विप्लव माअाेवादीका जनसरकार प्रमुख भन्छन्-क्रान्तिको क्षेप्यास्त्र प्रक्षेपण हुँदैछ 

२७ पुस

नवलपरासी ।

नेकपा (माओवादी)का स्थायी समिति सदस्य तथा केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढा मगरले पार्टीले क्रान्तिकाे क्षेप्यास्त्र प्रक्षेपण गर्न लागेकाे बताएका छन् ।

बुधबार पार्टीकाे नवलपरासीको ५ औं जिल्ला सम्मेलनमा बाेल्दै बुढाले भने, ‘महाधिवशेनबाट हामीले एउटा क्षेप्यात्रको प्रक्षेपण गर्दैछौं यसबाट प्रतिक्रियावादीहरुको मुटुमा भूकम्प जानेछ, सत्ता ढल्मलाउने, प्रतिक्रान्तिको दुस्साहस गर्नेहरुको सातो जानेछ ।’ उनले पार्टीले फाल्गुण १ गते काठमाडौंमा आठौं महाधिवशेनको उद्घाटन गरेर सहरमा पनि क्रान्तिको उद्घोष गर्ने बताए ।

जिल्ला सम्मेलनले पदम केसी ‘जुझारु’को नेतृत्वमा २५ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेका छ । पुस २६ गतेदेखी चलेको सम्मेलनले पार्टीको नयाँ निती तथा नेतृत्वमा निर्माण गरेको हो । झण्डै १५० प्रतिनिधीहरुको बीचमा सम्पन्न सम्मेलनले पार्टीको आगामी रणनीति र कार्यदिशाका बारेमा समेत छलफल भएको माअाेवादीले जनाएकाे छ ।

नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा लुम्बिनी व्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य बाला थापा, कपिलवस्तुका सेक्रेटरी संगम पुन, रुपन्देहीका सेक्रेटरी शरद ओली, अर्घाखाँचीका सेक्रेटरी सुमन ज्ञवाली, पाल्पा जिल्ला सेक्रेटरी धिरज राना लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

त्यस्तै माअाेवादीले लुम्बिनी व्यूरो अन्तर्गतका जिल्लाहरुकाे सम्मेलनकाे मिति ताेकेकाे छ ।  जसमा नवलपरासीको सम्पन्न भइसकेको छ भने गुल्मीको पौष २८ र २९ गते, अर्घाखाँचीको माघ २ गते, कपिवस्तुको माघ ३ र ४ गते, रुपन्देहीको माघ ५ र ६ गते ठोस भएको छ । पाल्पाको जिल्ला सम्मेलन माघ ९ गते गर्ने तयारी भइरहेकाे व्यूरो ईन्चार्ज चन्द्रबहादु चन्दले जानकारी दिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad